ओलीलाई आनन्द पोखरेलको प्रश्नः वडा अध्यक्ष पार्टी प्रवेश गर्दा खुसी हुनेले पूर्वराष्ट्रपतिलाई रोक्न मिल्छ ?

काठमाण्डु टुडे २०८२ साउन ३ गते २१:२२ मा प्रकाशित

काठमाण्डू, ३ साउन– एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेलले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले रोक्न नहुने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको पोलिट्ब्युरो बैठकमा बोल्दै पोखरेलले भण्डारीलाई रोक्न नमिल्ने तर्क गरे । वडाअध्यक्ष पार्टी प्रवेश गर्दा खुसी हुने तर पूर्वराष्ट्रपति राजनीतिमा आउँछु भन्दा रोक्नुपर्ने मनोविज्ञान प्रवाह गरिनु गलत हुने उनको भनाइ थियो ।

‘पूर्वराष्ट्रपतिले पार्टीमा आएर काम गर्छु भन्दा रोक्नु हुँदैन’, पोखरेलले भने, ‘वडाअध्क्ष पार्टी प्रवेश गर्दा खुसी हुने हामीहरु किन पूर्वराष्ट्रपतिलाई रोक्ने कुरा गर्दैछौं ?’ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र उनी पक्षधर नेताहरु भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक्ने पक्षमा छन् । ओलीले गणतन्त्र, संविधान र प्रणाली तथा स्वयं भण्डारीको व्यक्तित्वका लागि पनि पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने बताउँदै आएक छन् ।

‘म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पङ्क्ति लाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधि सम्मत काम गर्न चाहना पार्टीमा पुन क्रियशिल हुन चाहने पूर्वराष्ट्रपति लगायत सबैलाई निषेध गरेर होइन खुल्ला स्वागत गरेर काममा लगाउनुपर्छ’, पोखरेलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us