गुगलले धरहरालाई ‘सेतो टावर’ देखायो

काठमाण्डु टुडे २०८२ साउन ४ गते १६:०६ मा प्रकाशित

काठमाण्डू, ४ साउन– गुगल म्यापमा काठमाण्डूको सुन्धारास्थित रहेको धरहरालाई ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सेतो टावर सर्च गर्दा म्यापले धरहरालाई देखाएको हो ।

धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको जानकारी दिए ।

भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्‌नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो ।

उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए । गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us