समाचार

अख्तियारमा हाजिर हुँदै निवर्तमान मन्त्री गुप्ता

२०८२ साउन ६ गते १३:१५

काठमाण्डू ६ साउन– आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग सोधपुछ सुरु गरेको छ । अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो । सोमबार उनीसँग...

बीपीलाई बुझ्न नसक्दा राजसंस्था नागार्जुनको जंगलमा थन्कियोः विश्वप्रकाश शर्मा

२०८२ साउन ६ गते १२:५८

काठमाण्डू ६ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको दाबी गरेका छन । आज (मंगलबार) ४३ औं बीपी कोइराला स्मृति दिवसको अवसरमा बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार स् बीपी...

ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ

२०८२ साउन ६ गते १२:५१

काठमाण्डू ६ साउन– प्रहरीले काठमाण्डूको ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको बताइएको...

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी

२०८२ साउन ६ गते १२:४७

काठमाण्डू ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेसका पाँच पदाधिकारी बुढानीलकण्ठ पुगेका छन् । नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन् । सात जनाको समूहमा रहेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र...

एमालेले काँग्रेसको मुटुमै प्रहार गरिरहेको छः शेखर कोइराला

२०८२ साउन ६ गते ११:३७

काठमाण्डू, ६ साउन–कांग्रेसका शेखर कोइरालाले सत्ता सहयात्री एमालेले आफ्नो दलको मुटुमै आत्रलमण गरिरहेको आरोप लगाएका छन् । काँग्रेस संस्थापक बीपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा कोइरालाले प्रधानमन्त्री केपी ओलीको दल एमालेले काँग्रेसको मूल्ययमान्यता र मुटुमै आक्रमण गरिरहेको बताए । कुलिङ...

गगनको गुनासोः पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेका साथी फर्किएनन्

२०८२ साउन ५ गते १८:२८

काठमाण्डू, ५ साउन– कांग्रेस महामन्त्री गगन कुमार थापाले पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेर हिम्मत दिएका साथी नै हराएकों भन्दै गुनासो गरेका छन । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस...

जनकपुरको होटलमा युवकको हत्या, सिसिटिभी फुटेजको आधारमा युवती पक्राउ

२०८२ साउन ५ गते १७:५९

काठमाण्डू, ५ साउन– महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्साका ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको...

गण्डकीका केन्द्रीय सदस्यहरू सबै ओलीको पक्षमा

२०८२ साउन ५ गते १७:५३

काठमाण्डू, ५ साउन– च्यासलमा जारी एमालेको केन्द्रीय कमिटीको बैठकमा एमाले गण्डकी प्रदेशका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । उनीहरूले पार्टीको सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत भएर पारित भएको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने तर्क गरेका छन...

विवाह गर्न नमान्दा प्रेमीले गरे प्रेमिकाको हत्या

२०८२ साउन ५ गते १७:४५

काठमाण्डू, ५ साउन– रामेछापका एक पुरुषले विवाह गर्न नमाने पछि आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरीसकेको प्रहरीले जनाएको छ । रामेछापको मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको...

पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेः चुनाव हारेका सबै भण्डारीका पछि लागे

२०८२ साउन ५ गते १७:३२

काठमाण्डू, ५ साउन– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता कार्यकर्तालाई पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव आग्रह गरेका छन् । आज (सोमबार) पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष ओलीले नेता कार्यकतालाई यस्तो आग्रह...

पार्टीका नेतालाई ओलीको चेतावनीः विद्या भण्डारीको प्रवक्ता नबन्नुस

२०८२ साउन ५ गते १७:१३

काठमाण्डू, ५ साउन– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता कार्यकर्तालाई पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव आग्रह गरेका छन् । आज (सोमबार) पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष ओलीले नेता कार्यकतालाई यस्तो आग्रह...

मधुगंगा महादेव मन्दिर परिसरमा चक्कु प्रहार, एक जनाको मृत्यु

२०८२ साउन ५ गते १६:१४

काठमाण्डू, ५ साउन– सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा भएको छ । उक्त चक्कु प्रहारमा एक जनाले ज्यान समेत गुमाएका छन । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना भन्दा धेरै तीर्थयात्री बसेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us