देउवालाई भेट्न बुढानीलकण्ठ पुगे कांग्रेसका पाँच पूर्वपदाधिकारी

काठमाण्डु टुडे २०८२ साउन ६ गते १२:४७ मा प्रकाशित

काठमाण्डू ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेसका पाँच पदाधिकारी बुढानीलकण्ठ पुगेका छन् ।

नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत बुढानीलकण्ठ पुगेका हुन् । सात जनाको समूहमा रहेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने देउवा निवासको भेटमा सहभागी नभएको स्रोतले जानकारी दिएको छ ।

सात जना पूर्व पदाधिकारीको हिजो सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो । त्यही बैठकमा भएका विषयहरु जानकारी गराउन उनीहरु देउवा निवास पुगेको स्रोतले जानकारी दिएको छ ।

कांग्रेस र एमाले वीचमा भएको सात बुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्माको ओलीको ध्यानाकर्षण गराउने हिजोको निर्णय अनुसार उनीहरु बुढानीलकण्ठ पुगेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us