समाचार

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

२०८२ भदौ २९ गते १२:२१

काठमाण्डू, २९ भदौ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण समेत गरेकी थिइन ।...

जेन–जी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

२०८२ भदौ २९ गते ११:५७

काठमाण्डू, २९ भदौ– सरकारले जेन–जी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्नुका साथै मृतक परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् । मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा मारिएका ५९ जनालाई...

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

२०८२ भदौ २९ गते ११:५३

काठमाण्डू, २९ भदौ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्हण गरेकी छन् । कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । जेन–जी आन्दोलनकारीको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसअघि कार्कीले आइतबार बिहान चैलचौरस्थितशहीद स्मारक पुगेर शहीदहरुको...

देउवाको स्वास्थ्यलाभको कामना नगरी राजीनामा माग्नु गलतः रोज राणा

२०८२ भदौ २९ गते ११:४९

काठमाण्डू, २९ भदौ– कांग्रेस युवा नेता सरोज थापा (रोज राणा) ले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्मन्त्रीमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेका छन् । प्रेस विज्ञप्तिमार्फत राणाले केही काँग्रेस पदाधिकारीले देउवा दम्पतीमाथि सांघातिक आक्रमण तथा घरमा भएको तोडफोड र आगजनीको निन्दासमेत...

चुच्चेपाटीको भाटभटेनीमा भेटिएका जलेका ६ शव

२०८२ भदौ २९ गते ११:३१

काठमाण्डू, २९ भदौ– काठमाण्डूको चुच्चेपाटीस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ शव फेला परेका छन् । भाटभटेनीमा गत २४ भदौमा जेन–जी प्रदर्शनकारीले लुटपाट र आगजनी गरेका थिए । आइतबार बिहान सफा गर्ने क्रममा ६ वटा शव भेटिएको प्रहरीले जनाएको छ । मृतक भाटभटेनीका कर्मचारी वा लुटेरा...

सरकारलाई रास्वपाको चेतावनीः लक्ष्यअनुसार काम नभए प्रतिवाद गर्छौं

२०८२ भदौ २९ गते ९:४०

काठमाण्डू, २९ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घोषित लक्ष्यअनुुसार कम नभए सरकारको प्रतिवादमा उत्रने चेतावनी दिएको छ । रास्वपाले राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने भन्दै लक्ष्यमा चुकेको अवस्थामा भने प्रतिवाद हुने चेतावनी दिएको हो । उपसभापति स्वर्णिम वाग्लेले विधिमा...

रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति पार्टी, नयाँ दल घोषणा

२०८२ भदौ २९ गते ९:३१

काठमाण्डू, २९ भदौ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन् । चौधरीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । सँगै उनले नयाँ पार्टी घोषणासमेत गरे । नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल भएको उनले बताए । पछिल्लो समय...

बालेनका सल्लाहकार अर्याल भन्छन्ः म मन्त्री बन्ने कुरा टुंगो लागेको छैन

२०८२ भदौ २९ गते ८:१२

काठमाण्डू, २९ भदौ– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) का कनूनी सल्लाहकार ओमप्रकाश अर्याल अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा छ । उनी कानूनमन्त्री बन्न लागेको समाचारहरु आएका छन् । अर्याल कार्कीलाई प्रधानमन्त्री बनाउन मेयर साहका प्रतिनिधिका रुपमा राष्ट्रपति रामन्द्र पौडेलसँगका वार्ताहरुमा सहभागी थिए ।...

जेन–जी आन्दोलनका घाइतेलाई प्रधानमन्त्रीले भनिन्ः यति बलियो रहेछौ गोली हान्नेको खुस्काइदिनुपर्छ नि बंगारा

२०८२ भदौ २९ गते ७:३८

काठमाण्डू, २९ भदौ– प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बानेश्वरस्थित निजमती कर्मचारी अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइते भेटिन् । त्यस क्रममा उनले एक घाइतेलाई भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । अस्पतालको बेडमा बसेका एक घाइतेलाई कार्कीले सोध्छिन्, ‘गोली हानेको छ कि के ?’...

अहिलेसम्म कुनै प्रधानमन्त्रीलाई बधाई नदिएका दलाई लामाले कार्कीलाई किन दिए बधाई, चीन मौन बस्नु रहस्यमय

२०८२ भदौ २९ गते ७:२५

काठमाण्डू, २९ भदौ– तिब्बती धर्म गुरु दलाई लामाले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएपछि त्यसलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । लामाको कार्यालयले शनिबार एक सन्देश पठाउँदै कार्कीलाई बधाई दिएको थियो । चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको भन्दै उनले नेपाली जनताको आशा र...

राष्ट्रपतिले दिए बाल दिवसको शुभकामना

२०८२ भदौ २९ गते ७:१५

काठमाण्डू, २९ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका...

जुक्तिपूर्वक संविधान, संसदीय प्रणाली र गणतन्त्र सुरक्षित गरियोःराष्ट्रपति

२०८२ भदौ २८ गते २१:३७

काठमाण्डू, २८ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा तोकिएको मध्यावधि निर्वाचन सफल पार्न सबैलाई आग्रह गरेका छन् । काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित विघटित प्रतिनिधिसभाका ८ दलले असंवैधानिक संसद विघटन अस्वीकार गर्ने भन्दै पुनस्र्थापनाको माग अघि सारेपनि पौडेलले शनिबार विज्ञप्तिमार्फत चुनाव सफल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us