काठमाण्डू, २८ भदौ– तिब्बती तिब्बती धर्म गुरु दलाई लामाले अन्तरिम सरकारकी नवनियुक्त सुशीला कार्कीलाई बधाई दिएका छन् । उनको कार्यालयले शनिबार एक सन्देश पठाउँदै कार्कीलाई बधाई दिएको हो । चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको भन्दै उनले नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्न प्रधानमन्त्री कार्की...
काठमाण्डू, २८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेल फर्कने भएका छन् । लामिछानेले शनिबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै आफूलाई फेरि जेल पठाउन लागिएको जानकारी दिएका हुन् । जेन–जी आन्दोलन उतकर्षमा पुगेका बेला २४ भदौमा लामिछाने नख्खु कारागारबाट निस्किएका थिए...
काठमाण्डू, २८ भदौ– एमालेले अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनले वैधता पाउन नसक्ने बताएको छ । एमाले महासचिव शंकर पोखरलले शनिबार एक विज्ञप्ति जारी गर्दैप्रतिनिधिसभा विघटनपछि मुलुक संवैधानिक रिक्तता र राजनीतिक जटिलताको दिशामा प्रवेश गरेको बताएका हुन्...
काठमाण्डू, २८ भदौ– प्रहरीले निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध परेको जाहेरी दर्ता गर्ने अवस्था नरहेको बताएको छ । पूर्वसांसद एवं कपिलवस्तुका काँग्रेस नेता अभिषेकप्रताप साहले जेन–जी आन्दोलनका क्रममा २३ भदौमा बानेश्वरमा १७ जनाको हत्या गर्न मौखिक आदेश दिएको भन्दै ओलीवरुद्ध जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत प्रहरी...
काठमाण्डू, २८ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेन–जी आन्दोलनकारीको सराहना गरेका छन् । शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बन्नु महिला महिला सशक्तिकरणको उम्दा उदाहरण भएको बताए । मोदीले नेपाल छिट्टै शान्ति, स्थिरता र समृद्धिको बाटोमा अग्रसर...
काठमाण्डू, २८ भदौ– विभिन्न ८ राजनीतिक दलले विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका छन् । शनिबार ती दलका संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिकको संज्ञा दिएका हुन् । विघटनबाट नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार भएको ठहर उनीहरुको...
पोखरा, २८ भदौ– जेन–जी आन्दोलनमा क्रममा २४ भदौमा कास्की प्रहरी कार्यालय जलाउँदै गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका–१० का ४३ वर्षीय विजय लामा आगजनी र लुटपाट गर्ने क्रममा जलेर गम्भीर घाइते भएका थिए । लामाको उपचारका...
काठमाण्डू, २८ भदौ– नेपाल पत्रकार महासंघले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभा विघटन गर्ने निर्णयले मुलुकमा अनिष्टको संकेत गरेको बताएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार एक विज्ञप्ति जारी गर्दै गैरसंवैधानिक र जनमतको अपमान हुने गरी राष्ट्रपति रामचद्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त...
बुटवल , २८ भदौ– जेन–जीको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक शिक्षक सेवाबाट बर्खास्तीमा परेका छन् । बुटवलको कालिका मानवज्ञान माविका शिक्षक शिवशंकर शुक्ललाई विद्यालयबाट निष्काशन गरिएको हो । कपिलवस्तु घर भएका शुक्ल कम्प्युटर विषयका शिक्षक हुन् । शिक्षकको न्यूनतम नैतिकता र...
काठमाण्डू, २८ भदौ– एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध कर्तव्य ज्यान कसुरमा प्रहरीमा जाहेरी परेको छ । महानगरीय प्रहरी वृत्त नयाँबनेश्वरमा ओलीविरुद्ध जाहेरी परेको हो । २३ भदौमा जेन–जी प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको भन्दै ओलीविरुद्ध कर्तव्य ज्यान मुद्धामा कानबाही गर्न पूर्वसांसद् एवं...
काठमाण्डू, २८ भदौ– राजावादी आन्दोलनका प्रवक्ता अधिवक्ता स्वागत नेपालले जेन–जीहरु जेलतर्फको यात्रामा अघि बढिरहेको बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै उनले संविधान मान्नेले सरकारी भवन जलाउन र मान्छे मार्न नपाउने बताए । नेपालले यही संविधान मागेर जाने कुरा गरिरहे एक दिन...
काठमाण्डू, २८ भदौ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन–जी आनदेलनका क्रममा सरकारी तथा निजी संरचनामा आगजनी र लुटपाट मच्चाउनेहरुमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकारले गर्नुपर्ने चार काम भन्दै सुझाव दिएका छन् । उनले सुशीला कार्की नेतृत्वमा नव गठित...