समाचार

जेन–जीको सराहना गर्दै मोदीले भनेः यो नेपालको नवउदयको संकेत हो

२०८२ भदौ २८ गते १७:३५

काठमाण्डू, २८ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेन–जी आन्दोलनकारीको सराहना गरेका छन् । शनिबार मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बन्नु महिला महिला सशक्तिकरणको उम्दा उदाहरण भएको बताए । मोदीले नेपाल छिट्टै शान्ति, स्थिरता र समृद्धिको बाटोमा अग्रसर...

८ दलको सामूहिक विज्ञप्तिः विघटन मान्दैनौं, संसद् बैठक बोलाइयोस्

२०८२ भदौ २८ गते १७:१७

काठमाण्डू, २८ भदौ– विभिन्न ८ राजनीतिक दलले विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका छन् । शनिबार ती दलका संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिकको संज्ञा दिएका हुन् । विघटनबाट नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार भएको ठहर उनीहरुको...

प्रहरी कार्यालय लुटपाटका क्रममा जलेका लामाको मृत्यु

२०८२ भदौ २८ गते १७:०१

पोखरा, २८ भदौ– जेन–जी आन्दोलनमा क्रममा २४ भदौमा कास्की प्रहरी कार्यालय जलाउँदै गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका–१० का ४३ वर्षीय विजय लामा आगजनी र लुटपाट गर्ने क्रममा जलेर गम्भीर घाइते भएका थिए । लामाको उपचारका...

सुशीला कार्कीको नियुक्ति र संसद् विघटन अनिष्टको संकेतः पत्रकार महासंघ

२०८२ भदौ २८ गते १६:५०

काठमाण्डू, २८ भदौ– नेपाल पत्रकार महासंघले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभा विघटन गर्ने निर्णयले मुलुकमा अनिष्टको संकेत गरेको बताएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार एक विज्ञप्ति जारी गर्दै गैरसंवैधानिक र जनमतको अपमान हुने गरी राष्ट्रपति रामचद्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त...

जेन–जी आन्दोलन क्रममा भाटभटेनी लुटपाटमा संलग्न शिक्षक बर्खास्त

२०८२ भदौ २८ गते १६:२३

बुटवल , २८ भदौ– जेन–जीको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक शिक्षक सेवाबाट बर्खास्तीमा परेका छन् । बुटवलको कालिका मानवज्ञान माविका शिक्षक शिवशंकर शुक्ललाई विद्यालयबाट निष्काशन गरिएको हो । कपिलवस्तु घर भएका शुक्ल कम्प्युटर विषयका शिक्षक हुन् । शिक्षकको न्यूनतम नैतिकता र...

केपी ओलीविरुद्ध प्रहरीमा जाहेरी

२०८२ भदौ २८ गते १६:१०

काठमाण्डू, २८ भदौ– एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध कर्तव्य ज्यान कसुरमा प्रहरीमा जाहेरी परेको छ । महानगरीय प्रहरी वृत्त नयाँबनेश्वरमा ओलीविरुद्ध जाहेरी परेको हो । २३ भदौमा जेन–जी प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको भन्दै ओलीविरुद्ध कर्तव्य ज्यान मुद्धामा कानबाही गर्न पूर्वसांसद् एवं...

राजावादी प्रवक्ता नेपाल भन्छन्ः यो संविधान मान्ने हो भने जेन–जीहरु जेल जानैपर्छ

२०८२ भदौ २८ गते १५:५२

काठमाण्डू, २८ भदौ– राजावादी आन्दोलनका प्रवक्ता अधिवक्ता स्वागत नेपालले जेन–जीहरु जेलतर्फको यात्रामा अघि बढिरहेको बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै उनले संविधान मान्नेले सरकारी भवन जलाउन र मान्छे मार्न नपाउने बताए । नेपालले यही संविधान मागेर जाने कुरा गरिरहे एक दिन...

भदौ २३ गतेको नरसंहार, २४ गतेको आगजनी र लुटपाटका दोषीमाथि कारबाही हुनुपर्छः श्रेष्ठ

२०८२ भदौ २८ गते १५:२५

काठमाण्डू, २८ भदौ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन–जी आनदेलनका क्रममा सरकारी तथा निजी संरचनामा आगजनी र लुटपाट मच्चाउनेहरुमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकारले गर्नुपर्ने चार काम भन्दै सुझाव दिएका छन् । उनले सुशीला कार्की नेतृत्वमा नव गठित...

एमाले अखिलका अध्यक्ष कडरियालाई कार्यकर्ताले लेखेटे, नेमप्लेट र फोटो जलाए

२०८२ भदौ २८ गते १५:१०

काठमाण्डू, २८ भदौ– एमालेनिकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले २३ भदौमा जेन–जी आन्दोनलकारीमाथि सरकारले गोली चलाएको विरोधमा २४ भदौमा नैतिकताले पदमा बसिरहन नमिल्ने भन्दै राजीनामा घोषणा गरे । तर, पछि उनले ज्यानकै खतरा आइलागेका कारण राजीनामा दिएको दाबीसहित राजीनामा फिर्ता लिएको दाबी गरे ।...

वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट

२०८२ भदौ २८ गते १५:०६

काठमाण्डू, २८ भदौ– गत सोमबार र मंगलबार जेनजी समुहले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले पर्साको वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति पुगेको छ प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना–ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति...

संगीतकार चेतन सापकोटालाई प्रश्नः के तपाईं सिंहदरबारमा आगो लगाउन जानुभएको थियो ?

२०८२ भदौ २८ गते १५:०२

काठमाण्डू, २८ भदौ– चर्चित संगीतकार चेतन सापकोटाको एउटा तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल छ । २४ भदौमा सिंहदरबार जल्दै गर्दा सापकोटा त्यहीं थिए । काँधमा नेपालको राष्ट्रिय झण्डा बोकेर हिंडेका सापकोटाले भिडमा कसैलाई केही भनिरहेको जस्तो देखिन्छ । एमाले निकट पत्रकार र कार्यकर्ताले सिंहदरबार...

कास्की र तनहुँ कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट परे पक्राउ

२०८२ भदौ २८ गते १४:५७

काठमाण्डू, २८ भदौ– जेनजी समुहले गरेको आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीवन्दीलाई गोरखाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम घ्याल्जेन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us