समाचार

शपथलगत्तै कुलमान पुगे मृतकका आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल

२०८२ भदौ ३० गते १३:१७

काठमाण्डू, ३० भदौ– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै शिक्षण अस्पतालमा मृतकका आफन्त र घाइते भेट्न पुगेका छन । उनी राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् । जेन–जी आन्दोलनका...

मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित

२०८२ भदौ ३० गते १३:१४

काठमाण्डू, ३० भदौ– आज (सोमबार) राष्ट्रपतिको कार्यलय शितलनिवासमा नवनियुक्त तीन मन्त्रीहरूको शपथ कार्यक्रम थियो । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ...

शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

२०८२ भदौ ३० गते १३:१०

काठमाण्डू, ३० भदौ– आज (सोमबार) राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोप्नियताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो...

नवनियुक्त अर्थमन्त्री खनालले लिए शपथ

२०८२ भदौ ३० गते १३:०२

काठमाण्डू, ३० भदौ– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रीको शपथ लिएका छन् । खनालले आज सोमबार) शीतल निवासमा आयोजित एक समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन । उनी पूर्वसचिव हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री...

सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ

२०८२ भदौ ३० गते ११:२१

काठमाण्डू, ३० भदौ– मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–१ का  ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले...

अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको घोषणः पीएसओ र गाडी सुविधा लिन्न

२०८२ भदौ ३० गते १०:२०

काठमाण्डू, ३० भदौ– सुशीला कार्की नेतृत्वको अन्तिरम सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन । उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी...

सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

२०८२ भदौ ३० गते ९:२६

काठमाण्डू, ३० भदौ– नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङको समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका...

कार्की क्याबिनेटका मन्त्रीहरुको शपथ साढे ११ बजे

२०८२ भदौ ३० गते ९:२०

काठमाण्डू, ३० भदौ- सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रिबनेका हरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम जारी...

सुशीला कार्की हटाउन गृहयुद्ध थाल्ने सुदन गुरुङ समूहको चेतावनी

२०८२ भदौ ३० गते ७:२०

काठमाण्डू, ३० भदौ– सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहले देशमा गृहयुद्ध थाल्ने धम्की दिएको छ । प्रधानमन्त्री सुशीला कार्की आफूहरुको भावना र मागविपरीत अघि बढेको भन्दै सो समूहले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको थियो । आफूहरुले आन्दोलन गरेर प्रधानमन्त्री बनाएको भन्दै उनीहरुले...

आफ्नो समूहलाई गृहमन्त्री नदिएको भन्दै सुदन गुरुङ समूहले माग्यो सुशीला कार्कीको राजीनामा

२०८२ भदौ ३० गते ७:०६

काठमाण्डू, ३० भदौ– सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ ले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । आइतबार मध्यराति गुरुङ दलबलसहित बालुवाटार पुगेका थिए । उनले प्रधानमन्त्री कार्कीलाई भेट्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रधानमन्त्री कार्की ‘बेडरुम’ मा गएको जवाफ दिएर अहिले भेटाउन नसकिने...

मध्यरातमा बालुवाटार घेरेर सुदन गुरुङको सुशीला कार्कीलाई धम्कीः हामीले जुन ठाउँमा ल्याएर राखेका छौं, त्यहींबाट थुतेर निकाल्दिन सक्छु

२०८२ भदौ ३० गते ६:३३

काठमाण्डू, ३० भदौ–‘हामी नेपाल अभियान’ का संयोजक सुदन गुरुङले समर्थकसहित गएराति प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । मन्त्रिपरिषद विस्तारप्रति विरोध जनाउन उनी केही दर्जन समर्थकसहित बालुवाटारको गेटमा पुगेका थिए । उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटारबाट थुतेर निकाल्ने सम्मको चेतावनी दिए । यस्तै...

प्रधानमन्त्रीपछि गृहमन्त्रीमा हर्क साम्पाङको दाबीः ६ घण्टा बालुवाटार गेटमा कुर्दा पनि प्रधानमन्त्री कार्कीले भेट्न मानिनन्

२०८२ भदौ ३० गते ५:५४

काठमाण्डू, ३० भदौ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई केही दिनअघि गाडी चढेर काठमाण्डू आए । उनको काठमाण्डू आउनुको उद्देश्य थियो, देशको कार्यकारी प्रधानमन्त्री बन्ने । जेन–जी आन्दोलन उत्कर्षमा पुगेका बेला केपी ओली प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटारबाट हेलिकोप्टर चढेर भागे । जेन–जी र नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us