समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्षबीच भेट, निकासका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

२०८२ भदौ ३१ गते १४:१८

काठमाण्डू, ३१ भदौ– प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल कार्की भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । उनीहरुबीच मुुलुकको पछिल्लो राजनीतिक घटनाक्रम,...

जेन–जी आन्दोलनका मृतकको शव यात्रामा सरिक भए मन्त्रीद्वय कुलमान र ओमप्रकाश

२०८२ भदौ ३१ गते १४:०४

काठमाण्डू, ३१ भदौ–ऊर्जा,भौतिक पूर्वाधार तथा यातायात र सहकारीमन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएकाहरुको शवयात्रामा सहभागी भएका छन् । घिसिङले हातमा राष्ट्रिय झण्डा बोकेका छन् भने अर्यालले जेन–जी आन्दोलनकारीले जसरी नै झण्डा ओढेका छन् । त्रिवि...

पेरिसडाँडा अवलोकनपछि प्रचण्डको घोषणाः अब भव्य पार्टी कार्यालय बनाइने छ

२०८२ भदौ ३१ गते १३:५४

काठमाण्डू, ३१ भदौ–नेकपा माओवादी केन्द्रले कोटेश्वर पेरिसडाँडामै पार्टीको नयाँ केन्द्रीय कार्यालय बनाउने भएको छ । जेन–जी आन्दोलनकारीले २४ भदौमा माओवादी कार्यालयमा आगजनी र लुटपाट गरेका छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक सैनिक सुरक्षाबाट बाहिर आएका प्रचण्डले मंगलबार नेताहरुको टिमसहित पार्टी कार्यालयको अवलोकन गरे । अवलोकनपछि...

प्रधानमन्त्रीद्वारा सन्दुक रुइतलाई मन्त्री अफरः बिरामीको उपचार छाडेर मन्त्री नखाने जवाफ

२०८२ भदौ ३१ गते १३:१२

काठमाण्डू, ३१ भदौ–प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मन्त्री अफर गरेकी छन् । मंगलबार बिहान तिलगंगा आँखा प्रतिष्ठान पुगेर कार्कीले रुइतलाई सरकारमा सहभागी भएर आफूलाई सहयोग गर्न भनेकी थिइन् । जवाफमा रुइतले आफूलाई मन्त्रीको आकांक्षा नरहेको बताए । यद्यपि छलफलबाट...

गृहमन्त्री बन्न चाहन्थे सर्वेन्द्र खनाल, प्रधानमन्त्री कार्कीले भेट्नै मानिनन्

२०८२ भदौ ३१ गते १०:२२

काठमाण्डू, ३१ भदौ– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल प्रधानमन्त्री सुशीला कार्की भेट्न चाहन्थे । त्यसका लागि उनी आइतबार प्रधानमन्त्रीको सरकारी निवास बलुवाटार पुगे । गेटमा सुरक्षाकर्मीले रोकेपछि खनालले आफू प्रधानमन्त्री भेट्न आएको बताए । सुरक्षाकर्मीले उनलाई ‘माथिबाट खबर नआएको’ बताए । खनालले आफू बाहिर...

भारतमा सवारी दुर्घटनाः सल्यानका एकै परिवारका तीनसहित ४ को मृत्यु

२०८२ भदौ ३१ गते १०:११

काठमाण्डू, ३१ भदौ– भारतमा सवारी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ । हिमाञ्जल प्रदेशस्थित सिमला जिल्लाको कोटखाई क्षेत्रमा भएको पिकअप भ्यान दुर्घटनामा नेपाली परेका हुन् । मृत्यु हुनेमा ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, ३३ वर्षीय राजेश विष्ट र २६ वर्षीया...

प्रहरी पोशाक लगाएर ‘जय नेपाल’ गर्दै हिंड्नेहरु प्रहरीको निगरानीमा, पक्राउ गर्ने तयारी

२०८२ भदौ ३१ गते ९:५७

काठमाण्डू, ३१ भदौ– जेन–जी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आजगनी, तोडफोड र लुटपाटका क्रममा प्रहरीको हतियार, पोशाक र सञ्चार सेट बोकेर हिंड्नेहरु धेरै देखिए । यतिसम्मकी प्रहरीका लुटेका पोशाक लगाएर सञ्चार सेट बोकेकाहरुले टिकटक, रिलजस्ता समाजिक सञ्जालमा भिडियो पोष्ट गरेर आफैंविरुद्धको प्रमाण प्रस्तुत गरेका छन्...

विप्लवको प्रश्नः आन्दोलन जेन–जीको, सरकारको जेन–एक्सको ?

२०८२ भदौ ३१ गते ९:३१

काठमाण्डू, ३१ भदौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आन्दोलनको नेतृत्व जेन–जी पुस्ताका युवाले गरेको भए पनि सरकारको नेतृत्वमा जेन–एक्स पुस्ता पुगेको भन्दै आपत्ति जनाएका छन् । उनले सोमबार एक भिडियो सन्देश जारी गर्दै युवाको भावनाअनुसार सरकार नबनेको बताए । आन्दोलनको...

मन्त्रीहरुलाई विप्लवको कटु प्रश्नः तलब सुविधान नलिएर के माटो खान्छ त्यसले ?

२०८२ भदौ ३१ गते ९:१८

काठमाण्डू, ३१ भदौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरुमाथि कटु टिप्पणी गरेका छन् । गृहजिल्ला कपिलवस्तुमा शहीद परिवारलाई नयाँ घर हस्तान्तरण कार्यक्रममा सेमबार उनले सुविधा नलिने मन्त्रीहरुको घोषणाको विरोध गरे । मन्त्रीहरुको उक्त कदम...

जेन–जीको आवरणमा लुटपाट र आगजनीमा संलग्न दुई रास्वपा नेतामाथि कारबाही

२०८२ भदौ ३० गते २०:०७

पोखरा, ३० भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेन–जी आन्दोलनमा घुसपैठ गरी लुटपाट र आगजनीमा संलग्न दुई जनामाथि कारबाही गरेको छ । २४ भदौमा भएको जेन–नी प्रदर्शनका क्रममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति, लुटपाट, आगजनी र विध्वंशमा संलग्न रहेको आरोपमा रास्वपा गण्डकी प्रदेशको अनुशासन आयोगले उनीहरुमाथि...

जेन–जी आन्दोलनको नरसंहार र विध्वंश छानबिन गर्न पूर्वन्यायाधीश नेतृत्वमा समिति गठन

२०८२ भदौ ३० गते १९:५७

काठमाण्डू, ३० भदौ– सरकारले जेन–जी आन्दोलनका क्रममा भएको २३ भदौमा भएको नरसंहार र २४ भदौमा भएको लुटपात, आगजनी र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधिश नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै...

फागुन २१ को निर्वाचनबारे छलफलमा जुट्यो निर्वाचन आयोग

२०८२ भदौ ३० गते १९:०३

काठमाण्डू, ३० भदौ– निर्वाचन आयोग आगामी फागुन २१ गते हुनेगरी तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफलमा जुटेको छ । हालसम्म गृहमन्त्रालयले निर्वाचनको मितिबारे निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी भने नगराएको आयोग स्रोतले जानकारी दिएको छ । तथापि, आयोगले मतदाता संकलन गर्ने लगायतका विषयमा भने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us