समाचार

जलेका सवारीसाधन व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन

२०८२ असोज १ गते १३:३२

काठमाण्डू, १ असोज– नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका छन । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र व्यवस्थापन...

राष्ट्रपतिले संविधान दिवस मनाउने

२०८२ असोज १ गते १३:२२

काठमाण्डू, १ असोज– राष्ट्रपति राम चन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम समेत राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् । राष्ट्रपति पौडेलले यही असोज ३ गते...

सेवाग्राहीको अनुरोधमा आज पनि एनओसी जारी

२०८२ असोज १ गते १३:१६

काठमाण्डू, १ असोज– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सेवाग्राहीको अनुरोधमा आज पनि अध्ययन अनुमतिपत्र एनओसी जारी गरेको छ । भक्तपुरको सानो ठिमिस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो । शाखा प्रमुख वस्तीले भने, ‘वैदिशक अध्ययनकालागि जान लागेका...

नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधि अघि बढाऔंः एमाले महासचिव

२०८२ असोज १ गते १३:१२

काठमाण्डू, १ असोज– एमाले महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधिलाई अघि बढाउन आग्रह सबैलाई आग्रह गरेका छन । एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका हुन । महासचिव पोखरेलले मनन गर्नुपर्ने कुरा भन्दै उनले...

बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

२०८२ असोज १ गते १२:३५

काठमाण्डू, १ असोज– बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन । उनले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी...

संविधान दिवस सामान्य रुपमा मनाउने तयारीमा सरकार

२०८२ असोज १ गते १२:३२

काठमाण्डू, १ असोज– सरकारले यस बर्ष (०८२)को संविधान दिवस सामान्य रुपमा मनाउने तयारी गरेको छ । यस पटकको संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले जानकारी दिएका छन । उनले भने, ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ ।’...

स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते हुने

२०८२ असोज १ गते १२:१३

काठमाण्डू, १ असोज– राष्ट्रिय परिक्षा बोर्डले स्थगित भएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय...

रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्यो

२०८२ असोज १ गते १२:०७

काठमाण्डू, १ असोज– न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले विज्ञपन खुलाएको सूचना जारी गरी जनकारी गराएको छ । विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । आयोगले आन्तरिक खुला...

राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी

२०८२ असोज १ गते ११:५४

काठमाण्डू, १ असोज– प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्‍मा विचाराधीन ३० वटा विधेयक निष्किृय हुन पुगेको छ । संविधानतस् प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुवै खाले विधेयक निष्किृय हुन पुग्छ । तर, राष्ट्रिय...

संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थाले

२०८२ असोज १ गते ११:४५

काठमाण्डू, १ असोज– प्रतिनिधि सभा बिघटन भएसँगै संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न सुरु गरेका छन । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न सुरु गरेका हुन । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा...

धादिङमा बस र टिपर ठोक्किएर दुर्घटना

२०८२ असोज १ गते १०:०४

चितवन,१ असोज– धादिङको थाक्रे गाउँपालिका–२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएर दुर्घटना भएको छ । भैरहवाबाट काठमाण्डू आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ख०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१– ००६ ख ४२६० नम्बरको टिपर मंगलबार बिहान आपसमा ठोक्किएका हुन् ।...

गुडिरहेको बसमा माथिबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु

२०८२ असोज १ गते ९:२१

चितवन,१ असोज– भनारायणघाट–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ नाम्सी पुलमा माथिबाट खसेको ढुंगा लागेर बसमा सवार एक जनाको मृत्यु भएको छ । ग२ख १८३६ नम्बरको बसमा ढुंगा खस्दा लमजुङकी ४६ वर्षीया ऐश्वर्या कामीको ज्यान गएको हो । बस तनहुँबाट नारायणगढतर्फ आउँदै थियो । चितवन प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us