काठमाण्डू, २ असोज– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा चर्चाको बिषय बन्न पुगेको छ । एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न गरेकी थिइन ।...
काठमाण्डू, २ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन विषयमा आफू सहिद हुन तयार भएको प्रशंग सुनाएका छन । आज (बिहिबार) नागरिक अगुवाहरूसँग कुराकानी गर्दै संविधानबाहिरबाट प्रधानमन्त्री बनाउँदा सबैले आफ्नो हठ नत्याग्ने हो भने आफू पनि सहिदको कोटीमा पर्न तयार रहेको जनाएका थिए । राष्ट्रपतिको...
काठमाण्डू, २ असोज– प्रधानमन्त्री सुशीला कार्की र अमेरिकी राजदूत डीन आरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्न राजदूत थम्पसन बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री कार्की र राजदूत थम्पसनबीचको शिष्टाचार भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकोमा कार्कीलाई बधाई दिएका...
काठमाण्डू, २ असोज– गृह, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य प्राथमिकता नै संसदीय निर्वाचन गराउनु रहेको बताएका छन । आज (बिहीबार) निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । गृहमन्त्री अर्यालले निर्वाचन गराउन नसके वर्तमान सरकार असफल हुने...
काठमाण्डू, २ असोज– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार रहेको बताएका छन । आज (बिहीबार) नवनियुक्त गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले यस्तो...
काठमाण्डू, २ असोज– काठमाण्डूको गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ५१ वर्षीया सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, २ असोज– नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । आज (बिहीबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन । भेटवार्ताको क्रममा छिमेकी देश भएको नाताले नेपाललाई...
काठमाण्डू, २ असोज– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना...
काठमाण्डू, २ असोज– सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र लेखेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेका छन् । मधेश प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको र...
काठमाण्डू, २ असोज– गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन । आज (बिहिबार) निर्वाचन आयोगमा भएको छलफलमा भाग लिने क्रममा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । उनले समानुपातिक निर्वाचन...
काठमाण्डू, २ असोज– नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरोलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धले जन्माएका नेता भएको बताएका छन । पार्टीभित्र नेतृत्व छोड्नुपर्ने दबाब बढिरहेका बेला प्रचण्डको बचाउ गर्दै गजुरेलले सडकबाट राजीनामा माग्नु उचित समेत नभएको बताएका छन । उपमहासचिव गजुरोलले बिहीबार उनले...
काठमाण्डू, २ असोज– कांग्रेसले भेली अर्थात असोज ३ गते संविधान दिवसमा खबरदारी र जागरणसभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेर पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाको आयोजनामा मुलुकभर खबरदारी र जागरण सभा गर्न निर्देशन दिएको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी...