समाचार

  प्रतिनिधिसभा विघटन असंवैधानिक, विरोध गर्छौँः कांग्रेस

२०८२ असोज ३ गते १४:४६

काठमाण्डू, ३ असोज– कांग्रेस प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको ठहर गरेको छ । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै विरोध गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा...

बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने

२०८२ असोज ३ गते १४:२७

काठमाण्डू, ३ असोज– बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२–८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने तयारी गरेको छ । बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । बजेट पुनरावलोकन...

संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाउनुपर्छः कृष्णप्रसाद सिटौला

२०८२ असोज ३ गते १४:२२

काठमाण्डू, ३ असोज– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा पार्टीले बनाएर जानुपर्ने बताएका छन । आज (शुक्रबार) पार्टीको केन्द्रीय कार्यलय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठका बोल्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । बैठकमा नेता सिटौलाले संसद् विघटन असंवैधानिक रहेकाले...

सिंहदरबार परिसरबाट जलेका सवारीसाधन हटाइँदै

२०८२ असोज ३ गते १४:१६

काठमाण्डू, ३ असोज– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगेर व्यवस्थापन गर्ने कार्यसुरु भएको छ । सिंहदरबार परिसरमा जलेर क्षति ग्रस्त भएका सवारीसाधनहरूलाई त्यहाँबाट उठाएर बीआईसीसी भवनभन्दा पूर्वपट्टी रहेको सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्न...

क्षतिग्रस्त पार्टी कार्यालयमा कांग्रेसका शीर्ष नेताको बैठक जारी

२०८२ असोज ३ गते १३:३१

काठमाण्डू, ३ असोज– कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसिरहेको हो । २३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो । प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय...

लेखा अधिकृत १ लाख घुससहित पक्राउ

२०८२ असोज ३ गते १३:२६

काठमाण्डू, ३ असोज– दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि...

जेनजीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्ः सुहाङ नेम्वाङ

२०८२ असोज ३ गते १३:१७

काठमाण्डू, ३ असोज– एमाले युवा नेता सुहाङ नेम्वाङले जेनजी विद्रोहपछि देखिएको आवेग र सम्भावित प्रतिशोधप्रति चिन्ता व्यक्त गरेका छन । आज (शुक्रबार) संविधान दिवसको अवसरमा प्रेस नोट सार्वजनिक गर्दै उनले स्वयं बन्न सबै पक्षसँग आग्रह गरेका छन । ‘अग्रज र नौजवान साथीहरूलाई फेरि पनि...

संविधानभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन आवश्यकः उपराष्ट्रपति यादव

२०८२ असोज ३ गते १३:०७

काठमाण्डू, ३ असोज– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा आन्दोलनको मर्म र भावनाको सम्बोधन पनि संविधानभित्रै रहेर गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन । पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन तथा अन्तरिम...

संविधान खारेज गरिंदै थियो, मैले बचाउन सहजीकरण गरेंः प्रचण्ड

२०८२ असोज ३ गते १२:४५

काठमाण्डू, ३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेको खुलासा गरेका छन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था...

‘जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा गतिशील हुन्छन्’: प्रधानमन्त्री

२०८२ असोज ३ गते १२:३८

काठमाण्डू, ३ असोज– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको तर्क गरेकी छन । प्रधानमन्त्री कार्कीले संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र...

एमाले कसैले किस्तिमा हालेर दिएको उपहार होइनः वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८२ असोज ३ गते १२:३४

काठमाण्डू, ३ असोज– पूर्व मन्त्री एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने बताएका छन । आज (शुक्रबार) संविधान दिवसको अवसरमा एमालेले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन...

कमजोरी सच्याउँछौं, पार्टीमा विग्रह हुन दिन्नौंः वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८२ असोज ३ गते १२:३२

काठमाण्डू, ३ असोज– पूर्व मन्त्री एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने बताएका छन । आज (शुक्रबार) संविधान दिवसको अवसरमा एमालेले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us