काठमाण्डू, ४ असोज– बाँकेको नेपालगन्जमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्का समूहले किनेपछि झडप हुँदा नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु...
काठमाण्डू, ४ असोज– झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत अवस्थामा भेटिएको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिएका छन...
काठमाण्डू, ४ असोज– नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको बताएका छन । माओवादीको मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी नेता पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । उनले...
काठमाण्डू, ४ असोज– एमाले नेता ठाकुर प्रसाद गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताएका छन । एमालेको मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता गैरेले यस्तो बताएका हुन । नेता गैरेले लोकतान्त्रिक प्रणालीमा...
काठमाण्डू, ४ असोज– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने बताएका छन । आज (शनिबार) विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । नेता कोइरालाले भने, ‘यो एउटा इतिहास...
काठमाण्डू, ४ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रदेश सभाको हालै सञ्चालनमा ल्याइएको अस्थायी भवन र पुरानो भवन दुवै जेनजीको निशानामा परेको थियो । प्रदेश...
काठमाण्डू, ४ असोज– नेपाल पत्रकार महासंघले पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख...
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने भएका छन । समाचार संस्था एपीका अनुसार, शुक्रबार नेताद्वयबीच लामो टेलिफोन वार्ता ट्रम्पले सीसँग भेट्ने र चीन जाने घोषणा गरेका...
काठमाण्डू, ४ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनको मौका छोप्दै मकवानपुरको भीमफेदी कारागारको पर्खाल भत्काएर भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् । २४ भदौ बिहान कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए...
काठमाण्डू, ३ असोज– पूर्व मन्त्री एमाले नेता गोकुल प्रसाद बाँस्कोटाले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा वितण्डा मच्चाउने सबै अपराधीहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन । आज (शुक्रबार) संविधान दिवसका अवसरमा काभ्रेको बनेपास्थित चारदोबाटोमा भएको कार्यक्रममा बोल्दै एमाले नेता बाँस्कोटाले यस्तो बताएका...
काठमाण्डू, ३ असोज– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा घाइतेहरूलाई भेट्न अस्पताल पुगेकी छन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न शुक्रबार पूर्वराष्ट्रपति भण्डारी नेपाल प्रहरी अस्पताल पुगेकी हुन्...
काठमाण्डू, ३ असोज– गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा हतियार लुटपाट भएको भेटिएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा देशभरबाट हतियार लुटपाट गरेका हुन् । प्रहरी प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा समिति बनाएर लुटिएका हतियारहरूको...