समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्छः प्रचण्ड

२०८२ असोज ३ गते ११:०१

काठमाण्डू, ३ असोज–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा उनले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थामा जानुपर्न बताएका हुन् । ०७२ संविधान जारी गर्ने...

बलिदान गरेर आएका दलहरुलाई निषेध गर्न खोजिए स्वीकार्य हुँदेनः पोखरेल

२०८२ असोज ३ गते १०:४९

काठमाण्डू, ३ असोज– एमाले महासचिव शंकर पोखरलले राजनीतिक दलहरुलाई निषेध गर्न खोजिए स्वीकार्य नहुने बताएका छन् । संविधान दिवसका अवसरमा ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले लोकतन्त्र र गणतन्त्रका लागि बलिदान दिएर आएक दलहरुलाई निषेध गरिए नस्वीकार्ने बताए । राजनीतिक दलहरुलाई निषेध...

नयाँ सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने, एमसीसी तीव्र रुपमा अघि बढाउने अमेरिकाको घोषणा

२०८२ असोज ३ गते ९:३९

काठमाण्डू, ३ असोज– अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तीव्रताका साथ अघि बढ्ने बताएको छ । नेपालको संविधान दिवसका अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका र नेपालबीच साझेदारी थप सबल पार्ने बताएका हुन् । एमसीसीले नेपालको यातायात र...

संसद् विघटन असंवैधानिकः सभामुख घिमिरे

२०८२ असोज ३ गते ९:२५

काठमाण्डू, ३ असोज– सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै घिमिरेले संविधानविरोधी गतिविधि बुझ्न सकिए मात्र संविधान र विधिको शासनको रक्षा हुने बताए । जेन–जी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ...

जेन–जीलाई प्रहरीले गोली हानेको होइन, प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली हानियोः ओली

२०८२ असोज ३ गते ९:१९

काठमाण्डू, ३ असोज– एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले जेन–जी आन्दोलनकारीलाई ताकीताकी टाउकामा गोली हान्ने आफू आफू र सरकारले नदिएको बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै ओलीले आन्दोलनकारीलाई लक्षित गरी प्रहरीले नभई घुसपैठ गर्ने षड्यन्त्रकारीले गोली चलाएको दाबी...

संंविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै नेपालीलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको छः राष्टपति पौडेल

२०८२ असोज ३ गते ९:०७

काठमाण्डू, ३ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना आज...

भदौ २३ को आन्दोलन जेन–जीको हो, २४ गतेको होइनः प्रचण्ड

२०८२ असोज ३ गते ९:०३

काठमाण्डू, ३ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले लोकतान्त्रिक गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हुने बताएका हुन् । संविधान र लोकतन्त्र रक्षामार्फत राष्ट्रिय स्वतन्त्रताको...

संविधानबाहिर जान खोजिए मुलुक थप अस्थिरतामा जान्छः देउवा

२०८२ असोज ३ गते ८:५३

काठमाण्डू, ३ असोज–कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानबाहिरबाट निकास खोज्न खोजिए मुलुक थप अस्थिरतातर्फ धकेलिन सक्ने बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै देउवाले वर्तमान संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै सबैको साझा दायित्व रहेको बताए । संविधान...

झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो

२०८२ असोज २ गते १८:२५

काठमाण्डू, २ असोज– गत २४ भदौमा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन । काठमाण्डूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारको बायाँ हात काटिएको अस्पताल स्रोतले जनाकारी दिएको छ । स्रोतका अनुसार,...

आगजनीमा राप्रपाको संलग्नताको आरोप झूटः राजेन्द्र लिङ्देन

२०८२ असोज २ गते १८:१२

काठमाण्डू, २ असोज– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले जेन–जी आन्दोलनमा राप्रपाको घुसपैठ र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्ने आरोपको खण्डन गरेका छन् । आज (बिहीबार) पत्रकारसँग कुराकानी गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यसको खण्डन गरेका हुन । अध्यक्ष लिङ्देनले...

कमजोरी स्विकार्दै प्रचण्डले भनेः हामी निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौं

२०८२ असोज २ गते १७:४३

काठमाण्डू, २ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ भन्ने पक्षमा आफुहरु रहेको बताएका छन । आज (बिहिबार) एक भिडियो सन्देश सार्वजनि गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफुहरु तोकिएकै समय निर्वाचन सम्पन्न हनुपर्छ भन्ने...

जेन–जी आन्दोलनः सहिदहरुप्रति नेपाली क्रिकेट टोलीको श्रद्धाञ्जली सभा

२०८२ असोज २ गते १७:२९

काठमाण्डू, २ असोज– गत साता (२३ र २४ भदौमा ) भएको जेन–जी समुहको प्रदर्शनको क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेको छ । आज (बिहिबार) निमार्णधीन कीर्तिपुर क्रिकेट मैदानमा खेलाडीसहित क्रिकेट संघ (क्यानका) पदाधिकारीहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us