समाचार

बडासदैं सुरु, आज घटस्थापना

२०८२ असोज ६ गते ७:२५

काठमाण्डू, ६ असोज-यस वर्षको बडादसैं आजबाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना गरेर जमरा राख्ने गरिन्छ । घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज गणेश, दियो, कलशको पूजा गरेर घटस्थापना गरिन्छ...

पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा

२०८२ असोज ६ गते ७:१५

पर्वत, ६ असोज-गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र...

प्रधानमन्त्रीद्वारा थप ५ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालयको जिम्मा ?

२०८२ असोज ५ गते २१:५६

काठमाण्डू, ५ असोज– प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्त गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार तय गरिएको छ । नवनियुक्त ५ मन्त्रीको नाम आइतबार साँझ नै राष्ट्रपति कार्यालय शीतलनिवास पठाइएको छ । कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा....

भुटानी शरणार्थी प्रकरण छानबिन गरेका कारण प्रतिशोधको शिकार बनाइएका एआईजी केसीलाई सिआईबीको जिम्मेवारी

२०८२ असोज ५ गते २१:३३

काठमाण्डू, ५ असोज– सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) प्रमुखको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले केसीलाई सिआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । तत्कालीन...

हितेन्द्रलाई हटाएर कुलमानका विश्वासपात्र काबिल इन्जिनियर सिलवाललाई प्राधिकरणको जिम्मा

२०८२ असोज ५ गते २१:०५

काठमाण्डू, ५ असोज– सरकारले नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरिएको हो । सिलवाल प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका थिए । प्राधिकरणमा छँदा उनले तत्कालीन कार्यकारी निर्देशक एवं हालका...

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव

२०८२ असोज ५ गते १८:०२

काठमाण्डू, ५ असोज– निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत् संशोधन गर्ने सम्भावना रहेको छ...

मुलुकमा अरू शक्तिहरूले चलखेल गरिरहेका छनः प्रदीप ज्ञवाली

२०८२ असोज ५ गते १७:५२

काठमाण्डू, ५ असोज– पूर्व मन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलले लिएको केही अडानका कारण देश कतिपय दुर्घटनाहरूबाट बचेको बताएका छन । आज (आइतबार) प्रगतिशील लेखक संघ, नेपालले काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन ।...

राष्ट्रपतिले अडान लिँदा केही दुर्घटनाबाट देश बचेको छः प्रदीप ज्ञवाली

२०८२ असोज ५ गते १७:३९

काठमाण्डू, ५ असोज– पूर्व मन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलले लिएको केही अडानका कारण देश कतिपय दुर्घटनाहरूबाट बचेको बताएका छन । आज (आइतबार) प्रगतिशील लेखक संघ, नेपालले काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन ।...

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

२०८२ असोज ५ गते १७:२८

काठमाण्डू, ५ असोज– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन । मन्त्री खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन् । सो महाशाखा प्रमुख रहेको सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।...

जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए

२०८२ असोज ५ गते १७:१९

काठमाण्डू, ५ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा जलेश्वरबाट कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् । सङ्घीय राजधानी काठमाण्डू सहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला...

संसद् अनाहक विघटन गर्न हुँदैन थियोः अध्यक्ष मिश्र

२०८२ असोज ५ गते १७:०३

काठमाण्डू, ५ असोज– नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद् विघटन गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (आइतबार) संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै बारका अध्यक्ष मिश्रले यस्तो बताएका हुन । संसद् विघटन गर्न नहुने बताउँदै उनले परिवर्तन...

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

२०८२ असोज ५ गते १६:५२

काठमाण्डू, ५ असोज– ५० घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us