समाचार

नवनियुक्त चार मन्त्रीले लिए शपथ

२०८२ असोज ६ गते १५:२२

काठमाण्डू, ६ असोज– अन्तरिम सरकार नवनियुक्त चार मन्त्रीले आफ्नो पद तथा गोप्नियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन...

शपथ लिन शीतल निवास पुगे मन्त्रीहरू

२०८२ असोज ६ गते १५:१८

काठमाण्डू, ६ असोज– आज (सोमबार) नवनियुक्त चार मन्त्री शपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा केहीबेरमा शपथग्रहण सुरु हुँदैछ । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ...

सुर्खेतमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८२ असोज ६ गते १५:०४

काठमाण्डू, ६ असोज– सुर्खेतमा ट्रक र बुलेट मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित पाडुलेमा ट्रक र बुलेट मोटरसाइकल ठोक्किँदा करिब २२ वर्षीय एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला...

मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन

२०८२ असोज ६ गते १४:५०

काठमाण्डू, ६ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल–खावा सडकको अनुगमन गरेका छन । अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग समेत छलफल गरेका थिए...

इमेज च्यानलको न्युज रुमबाट बिदा भए जगदीश खरेल

२०८२ असोज ६ गते १४:४०

काठमाण्डू, ६ असोज– अन्तरिम सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त हुन लागेका सञ्चारकर्मी जगदीश खरेललाई इमेज टेलिभिजनबाट बिदाइ गरिएको छ । मन्त्रीको पद तथा गोपनीयताको शपथमा सहभागी हुनुअघि सोमबार टेलिभिजन पुगेर उनले इमेज टेलिभिजनबाट बिदा लिएका हुन । इमेज टेलिभिजनका समाचार प्रमुख रहेका खरेल...

अन्ततः मन्त्रीको सूचीबाट डा. मिश्राको नाम काटियो

२०८२ असोज ६ गते १४:२६

काठमाण्डू, ६ असोज– अन्तरिम सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले काटेकी छन् । आइतबार साँझ डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले उनको विवादास्पद विगत सार्वजनिक भएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल...

श्रीमतीको हत्यापछि सिधै नख्खु कारागार फर्किएका थिए सन्तबहादुर

२०८२ असोज ६ गते १४:१८

काठमाण्डू, ६ असोज– काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ फेरी नख्खु कारागार फर्किएको खुलेको छ । श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर शव खाल्डोमा पुरेर उनी कारागार फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहले जानकारी दिएका छन । हत्याको...

निर्वाचनसँगै सुशासन र स्वदेशमै रोजगारी सिर्जना सरकारको प्राथमिकताः अर्थमन्त्री खनाल

२०८२ असोज ६ गते १४:१२

काठमाण्डू, ६ असोज– अर्थमन्त्री रामेश्वर खनाल र एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ । आज (सोमबार) भएको बैठकमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल जुटेका...

प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना पक्राउ

२०८२ असोज ६ गते १३:४२

काठमाण्डू, ६ असोज– जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका– घर भएका २४ वर्षीय धिरेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ...

चीनको तार्चिनमा एक भारतीय तीर्थयात्रीको मृत्यु

२०८२ असोज ६ गते १३:०६

काठमाण्डू, ६ असोज– चीनस्थित कैलाश मानसरोवर दर्शन गर्न पुगेका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीया दक्षा रोहित कुमार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । अक्सिजन अभावले उनको चीनस्थित तार्चिनमा मृत्यु भएको हुम्लाका डीएसपी शंकर पोखरेलले...

मन्त्रीहरूको शपथ एक घण्टा पछि सर्‍यो

२०८२ असोज ६ गते १२:५६

काठमाण्डू, ६ असोज– अन्तरिम सरकारी नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा पछि सरेको छ । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ...

नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण केशरमहलमा

२०८२ असोज ६ गते १२:४५

काठमाण्डू, ६ असोज– नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको हो । नवनियुक्त शिक्षा मन्त्रीका लागि केशरमहलमा कार्यकक्ष तयार भइसकेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us