काठमाण्डू,७ असोज– गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डू स्रोतले जानकारी दिएको छ । उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै...
काठमाण्डू,७ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले यसबारे जानकारी...
काठमाण्डू,७ असोज– नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । गत आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ । गत...
काठमाण्डू,७ असोज– नेपालीहरुको महान पर्व वडा दशैं लाई लक्षित गर्दै वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ । दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र आमनागरिकको...
काठमाण्डू,७ असोज– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफुलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन । पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खुलासा गरेका छन । माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको...
काठमाण्डू,७ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पदीय भूमिकाबाट बाहिरिनुपर्ने सुझाव सुदूरपश्चिम समितिले दिएको छ । सभापति रविले उदारता देखाउँदै पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव सुदूरपश्चिम समितिको छ । सुदूरपश्चिम समितिको बैठकमा आएका धारणाहरु समेटेर केन्द्रलाई पठाइएको पत्रमा भनिएको छ, ‘पार्टी सभापति...
काठमाण्डू,७ असोज– गत २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा कारागारबाट भागेका ३३ किलो सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किएका छन् । भदौ २४ मा उनी अरू कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए । गोरे कारागार फिर्ता भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिएका...
काठमाण्डू,७ असोज– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो घोषणा गरेका हुन । उनले जेनजी आन्दोलनको बलमा...
काठमाण्डू,७ असोज– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको बताएका छन । आज (मगलबार) पत्रकार सम्मेलनमार्फत प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको उनले बताए । उनले भने, ’आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा...
काठमाण्डू,७ असोज– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने भएका छन । अध्यक्ष ओलीले अहिले पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहेको र त्यो छलफल सकेपछिमात्र पार्टीको बैठक बोलाइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए...
काठमाण्डू,७ असोज– काठमाण्डू महानगरपालिकाले सूचना निकालेको झण्डै २ वर्षपछि मंगलबारदेखि दुर्गमका गाउँपालिकाहरूलाई एम्बुलेन्स वितरण कार्य सुरु गरेको छ । महानगरले देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न थालेको हो । आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि...
काठमाण्डू,७ असोज– गत २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा कारागारबाट फरार भएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार...