समाचार

माओवादी फुट्न सक्छ, म फुटाउनेहरुको सम्पर्कमा छुः भुसाल

२०८२ कार्तिक १३ गते १४:२१

काठमाण्डू, १३ कात्तिक- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्र फुट्न सक्ने बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा भुसालले पार्टी फुटाउन प्रयास गरिरहेका नेताहरु आफ्नो सम्पर्कमा रहेको बताए । आफ्नो पार्टीसँगको एकता प्रक्रियाबारे माओवादीभित्र विवाद रहेको र असन्तुष्ट समूहले पार्टी फुटाउन...

विद्युत प्राधिकरणको विरोधमा भाषण गर्दा गर्दै एमाले नेता गौतमको निधन

२०८२ कार्तिक १३ गते १४:११

बुटवल,  १३ कात्तिक- एमाले केन्द्रीय सदस्य एवं पार्टी सम्वद्ध मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि भाषण गर्दै गर्दा अचेत भएका गौतमलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए...

जेनजीका नाममा एनजिओले चलाएको सरकारले चुनाव गराउन सक्दैनः पोखरेल

२०८२ कार्तिक १३ गते १४:००

दाङ, १३ कात्तिक- एमाले महासचिव शंकर पोखरेलले २१ फागुनमा चुनाव हुने निश्चित नरहेको बताएका छन् । पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारी दाङले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले अदालतबाट प्रतिनिधिसभा विघटनविरुद्धको रिटको टुंगो नलाग्दासम्म निर्वाचन हुने नहुने भन्न नसकिने बताए । विगतको नजिरले...

जेनजी आन्दोलनका क्रममा पूर्वएसपीको घरमा लुटपाट गर्ने पक्राउ

२०८२ कार्तिक १३ गते १३:४२

काठमाण्डू, १३ कात्तिक- २४ भदौको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका पूर्वएसपी कमलेन्द्र कर्णको घरमा लुटपाटमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–३ जामुने घर भएका ३४ वर्षीय रन्जेन्द्र महत रहेको प्रहरीले जनाएको छ । महतलाई प्रहरी प्रभाग काँडाघारीको टोलीले...

रवि र छविको मुद्दाको सुनुवाइ आज

२०८२ कार्तिक १३ गते १३:३७

काठमाण्डू, १३ कात्तिक- पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वडिआइजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा न्यायाधीश ओमप्रकाश...

बालेनको दबाबबारे बोल्यो प्रधानमन्त्रीको सचिवालयः कसैको दबाब वा प्रभावमा गृहमन्त्री हटाइँदैन

२०८२ कार्तिक १३ गते १३:२५

काठमाण्डू, १३ कात्तिक- प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले कसैको दबाब वा प्रभावमा ओमप्रकाश अर्याललाई गृहमन्त्रीबाट नहटाइने प्रष्टीकरण दिएको छ । प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदेश श्रेष्ठले बिहीबार विज्ञप्तिमार्फत अर्याललाई नहटाइने स्पष्ट गरेका हुन् । विज्ञप्तिमा मन्त्री नियुत्ति वा बर्खास्तीको अधिकार विशुद्ध प्रधानमन्त्री कार्कीको अधिकार क्षेत्रको...

मन्त्रीबाट नाम काटिएका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर

२०८२ कार्तिक १३ गते १३:१२

काठमाण्डू, १३ कात्तिक– दलित अभियन्ता खगेन्द्र सुनार काभ्रे जिल्ला अदालतमा उपस्थित भएका छन् । सुनार बिहीबार बयानका लागि जिल्ला अदालतमा हाजिर भएक हुन् । श्रेस्तेदार इन्दिरा कार्की गेलालले न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको बताइन् । बयानपछि थुनछेक बहस हुने उनले जानकारी दिइन्...

पश्चिमी वायु र ‘मोन्था’ चक्रवातका कारण आज पनि वर्षा

२०८२ कार्तिक १३ गते ९:३९

काठमाण्डू, १३ कात्तिक- हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली...

बैतडीमा जिप दुर्घटना, एकको मृत्यु

२०८२ कार्तिक १३ गते ९:३५

बैतडी, १३ कात्तिक- बैतडीको मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते...

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

२०८२ कार्तिक १३ गते ९:१३

काठमाण्डू, १३ कात्तिक- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दक्षिण कोरियाको दक्षिणी तटीय सहर बुसनमा भेटवार्ता भएको छ । ट्रम्पको दोश्रो कार्यकालमा सीसँग उनको यो पहिलो भेट हो । दुई मुलुकबीचको उतारचढावपूर्ण सम्बन्धका बीच दुई शक्ति राष्ट्रका राष्ट्रपतिको भेटलाई अर्थपूर्ण रुपमा...

मिराजको काउण्टरमा जेनजी अगुवा चाम्लिङको चेतावनीः संघीयता तलमाथि भए कोशीबाट १० लाख जनता ल्याएर काठमाण्डू घेरिन्छ

२०८२ कार्तिक १३ गते ८:५३

काठमाण्डू, १३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार राति अबेरसम्म चलेको सरकार, राजनीतिक दल र जेनजी आन्दोलनकारीका प्रतिनिधिबीच वार्ता भयो । कार्कीले २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउने उद्देश्यले बैठक आयोजना गरेकी थिइन् । छलफलका क्रममा जेनजी आन्जी अगुवाहरुबीचमै एजेण्डामा...

रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु

२०८२ कार्तिक १३ गते ८:१४

रोल्पा, १३ कात्तिक- रोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लु२च ८०१५ नम्बरको जिप सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा राति करिब पौने १० बजेतिर सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको हो । रोल्पा प्रहरीका अनुसार दुर्घटनामा चालक सुनछहरी गाउँपालिका –६ का...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us