काठमाण्डू, १२ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले मुुलुक निर्माणको सबै पक्षबीच सहकार्य र हातेमालो हुनुपर्ने भन्दै कसैले कसैलाई निषेध गरेर जान नहुने बताएकी छन् । कार्की आफैंले आह्वान गरेको सरकार, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र जेनजी आन्दोलनकारीका प्रतिनिधिबीच बुधबार साँझ बालुवाटारमा भएको छलफलमा...
काठमाण्डू, १२ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको वार्तामा जेनजीका प्रतिनिधिले आफूहरुको माग निर्वाचन मात्र नभई सुशासन भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिले निर्वाचनसँगै सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित हुन सरकारसँग...
काठमाण्डू,१२ कात्तिक- उच्च अदालत पाटनले काठमाण्डू महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै राख्ने आदेश जारी गरेको छ । न्यायाधीश डालकुमार खड्का र दीपक खनालको इजलासले बुधबार आदेश जारी गर्दै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय कानूनसम्मत भएको ठहर गरेको हो...
काठमाण्डू ,१२ कात्तिक- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार गठन र लगत्तै भएको प्रतिनिधिसभा विघटनविरुद्ध परेका डेढ दर्जन रिट निवेदनमाथि बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको...
२३ र २४ भदौको आन्दोलनपछि राजनीतिक दल र जेनजी प्रतिनिधिबीच भएको यो पहिलो वार्ता हो । प्रधानमन्त्री कार्कीले २१ फागुनको निर्वाचनको वातावरण निर्माणका लागि भन्दै त्रिपक्षीय वार्ता आह्वान गरेकी हुन् । यसअघि प्रधानमन्त्रीले गत ४ कात्तिकमा राजनीतिक दलका दोश्रो पुस्ताका नेतासँग बालुवाटारमा छलफल गरेकी...
काठमाण्डू, १२ कात्तिक- वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले २३ भदौको जेन-जी आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिने र गोली चलाउनेमाथि तत्काल फौजदारी कसुरमा अनुसन्धान गर्न माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध युवराज पौडेलले जारी गरेको रिटमा बुधबार संवैधानिक इजलासमा बहसका क्रममा उनले यस्तो माग गरेका हुन्...
काठमाण्डू, १२ कात्तिक- स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर विसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् । फोहर विसर्जनकार्य वैज्ञानिक रूपमा व्यवस्थित...
काठमाण्डू, १२ कात्तिक- सर्वोच्च अदालतले २३ र २४ भदौको जेनजी आन्दोलन छानबिन गर्न गठित उच्चस्तरीय आयोगका पदाधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार आयोग अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई आयोग सदस्य नियुक्त...
काठमाण्डू, १२ कात्तिक । सरकारले आगामी माघ ११ गते आइतबार राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोकेको हो । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रिपरिषद्ले...
काठमाण्डू, १२ कात्तिक- सरकारले संघीय संसद्का पदाधिकारी र सांसदहरूको स्वकीय सचिवालयको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची...
काठमाण्डू, १२ कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले राष्ट्रपति पौडेल नेतृत्वको टोलीले १७ देखि २० कात्तिकसम्म कतारको औपचारिक भ्रमण गर्नेछ । पौडेले...
काठमाण्डू, १२ कात्तिक अमेरिकी राजदूत डिन आर थम्पसनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् । गृहमन्त्रीको सचिवालयले उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको जनाएको छ । सचिवालयका अनुसार त्यस क्रममा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । राजदूत थम्पसनले शान्ति र सुरक्षा कायम...