समाचार

आफताब आलम भेन्टिलेटरमा

२०८२ कार्तिक १२ गते २३:४९

काठमाण्डू, १२ कात्तिक- काँग्रेस नेता मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था गम्भीर भएको छ । आलम अस्वस्थ भएपछि उनलाई सिनामंगलस्थित काठमाण्डू मेडिकल कलेजमााण्डू भर्ना गरिएको छ । पारिवारिक श्रोतका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गत जेठमा ब्रेन स्ट्रोक भएर अन्नपूर्ण न्यूरो अस्पतालमा...

म पहिल्यैदेखि लडाकु हुँ, हेर्दै जानुस् कस-कसलाई थुन्छुः सुशीला कार्की

२०८२ कार्तिक १२ गते २३:२३

काठमाण्डू, १२ कात्तिक- प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बालुवाटारमा सरका, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय संवाद आयोजना गरिन् । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माणका लागि भन्दै आह्वान गरिएको वार्तामा विषयभन्दा बाहिरका प्रत्यक्ष कार्यकारीको निर्वाचनदेखि संघीयता खारेजी, राजतन्त्र पुनस्र्थापनाजस्ता विषयले समेत प्रवेश पाए...

सुशीला र दलका नेताका अघिल्तिर जेनजी नेताबीच बाझाबाझ

२०८२ कार्तिक १२ गते २२:३६

काठमाण्डू, १२ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार साँझ सरकार, राजनीतिक दलका नेता र जेन-जीका प्रतिनिधिबीच वार्ता भयो । २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन भन्दै आयोजना गरिएको छलफलमा भ्रष्टाचारीमाथि कारबाही र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचनलगायत विषय पनि उठे । जेन-जी अगुवा...

सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल हुनुपर्छ : प्रधानमन्त्री

२०८२ कार्तिक १२ गते २१:०२

काठमाण्डू, १२ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई...

काकाले गरे भतिजाको हत्या

२०८२ कार्तिक १२ गते २०:५८

सुर्खेत,१२ कात्तिक– सुर्खेतको चौकुने गाउँपालिका ७ गुटुमा भतिज हत्या आरोपमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय हेमन्त धमला छन् । उनीमाथि भतिज नाता पर्ने २१ वर्षीय भुवन धमलाको हत्या गरेको आरोप छ । चौकुने–१० घाटगाउँमा भुवा जात्रा हेर्न ३ कात्तिकमा...

प्रहरीको हतियार लुटेर चुरोट तान्दै गोली हानेको भिडियो पोष्ट गर्ने जेन-जी पक्राउ

२०८२ कार्तिक १२ गते २०:४६

काठमाण्डू, १२ कात्तिक– जेन-जी आन्दोलनका क्रममा २४ भदौमा प्रहरीको पेस्तोल लुटेका दुई युवा मंगलबार राति काठमाण्डूको ढल्कोबाट पक्राउ परे । काठमाण्डू उपत्यका अपराध कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका २३ वर्षीय समिर श्रेष्ठ र काभ्रका २३ वर्षीय एलेक्स नेपाली छन्...

जेन-जी आन्दोलनमा लुटपाट र आगजनी गर्नेमाथि फौजदारी कारबाही हुनुपर्छ, प्रहरी र सेनाको भूमिकाबारे अनुसन्धान हुन्छः कार्की

२०८२ कार्तिक १२ गते २०:३२

वीरगञ्ज,१२ कात्तिक– २३ र २४ भदौको जेनजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानूनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् । आयोगद्वारा बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित छलफलमा अध्यक्ष कार्कीले हातहतियार...

काठमाण्डूमा हतियार बोकेर हिंडिरहेका दुई जना पक्राउ

२०८२ कार्तिक १२ गते २०:१९

काठमाण्डू, १२ कात्तिक– प्रहरीले काठमाण्डूबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाण्डू महानगरपालिका १८ ढल्कुबाट उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लिखु गाउँपालिका ६ नुवाकोटका २३ वर्षीय समिर श्रेष्ठ र पनौती नगरपालिका९१० काभ्रेका २३...

कसैलाई निषेध गरेर देश बनाउन सकिँदैनः प्रधानमन्त्री कार्की

२०८२ कार्तिक १२ गते २०:०४

काठमाण्डू, १२ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले मुुलुक निर्माणको सबै पक्षबीच सहकार्य र हातेमालो हुनुपर्ने भन्दै कसैले कसैलाई निषेध गरेर जान नहुने बताएकी छन् । कार्की आफैंले आह्वान गरेको सरकार, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र जेनजी आन्दोलनकारीका प्रतिनिधिबीच बुधबार साँझ बालुवाटारमा भएको छलफलमा...

त्रिपक्षीय वार्तामा जेन-जीको जोडः हाम्रो प्रमुख माग चुनाव होइन, सुशासन

२०८२ कार्तिक १२ गते १९:५३

काठमाण्डू, १२ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको वार्तामा जेनजीका प्रतिनिधिले आफूहरुको माग निर्वाचन मात्र नभई सुशासन भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिले निर्वाचनसँगै सुशासन र भ्रष्टाचारविरुद्ध केन्द्रित हुन सरकारसँग...

महानगर प्रहरी प्रमुख पाण्डेले काम गर्न नपाउँने

२०८२ कार्तिक १२ गते १९:१४

काठमाण्डू,१२ कात्तिक- उच्च अदालत पाटनले काठमाण्डू महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै राख्ने आदेश जारी गरेको छ । न्यायाधीश डालकुमार खड्का र दीपक खनालको इजलासले बुधबार आदेश जारी गर्दै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय कानूनसम्मत भएको ठहर गरेको हो...

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा कार्कीको नियुक्तिबारे अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

२०८२ कार्तिक १२ गते १८:५५

काठमाण्डू ,१२  कात्तिक- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार गठन र लगत्तै भएको  प्रतिनिधिसभा विघटनविरुद्ध परेका डेढ दर्जन रिट निवेदनमाथि बुधबार  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत  नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us