काठमाण्डू, १२ कात्तिक– वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधतामा प्रश्न उठाएका छन् । संसद विघटन विरूद्धको मुद्दामा रिट निवेदक आयुष ढकाल, विपिन ढकाल र प्रकाश भुजेलको पक्षबाट बुधबार बहसमा भाग लिँदै भट्टराईले प्रधानमन्त्री नियुक्तिको वैधतामा उठेको प्रश्नको निरुपण नभई निर्वाचन...
काठमाण्डू, १२ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा बुधबार हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो...
काठमाण्डू, १२ कात्तिक– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरी नयाँ दल गठनको गठनको औचित्य थिएन भन्नु केपी ओली सामु लम्पसार पर्नु भएको बताएका छन् । राजधानीमा बुधबारबाट सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । पार्टीको...
काठमाण्डू, १२ कात्तिक- प्रतिनिधि सभा विघटनविरूद्ध दायर रिटमा सुनुवाइका लागि ५ सदस्यीय संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलास गठन भएको हो । सर्वोच्च अदालतमा बुधबारदेखि संसद् विघटनविरुद्ध...
झापा, १२ कात्तिक- दमक नगरपालिका २ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना...
काठमाण्डू, १२ कात्तिक- सोलुखुम्बुको लोबुचेमा पर्यटक उद्धारका लागि गएको एक हेलिकप्टर अवतरणको क्रममा हिउँमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अल्टिच्युड एयरको एन–एमएस कलसाइनको हेलिकप्टर बुधबार बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका...
काठमाण्डू, ११ कात्तिक- एमाले पूर्वसांसद एवं व्यवसायी देवीप्रकाश भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । भट्टचन प्रभु ग्रुपका अध्यक्षसमेत हुन् । प्रभु ग्रुपसँग सम्बन्धित ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको सीआईबीका एक...
सिरहा, ११ कात्तिक- लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको आरोपमा कुटपिट हुँदा करिब ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पताल पुर्याए । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको...
काठमाण्डू, ११ कात्तिक- निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न इच्छुक संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणका लागि आवेदन दिन आह्वान गरेको छ । आयोगले जारी गरेको सूचनाअनुसार इच्छुक राष्ट्रिय संस्थाहरूले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । काठमाडौं उपत्यकाभित्रका...
सोलुखुम्बु, ११ कात्तिक-सगरमाथा क्षेत्रमा लगातार परेको बाक्लो हिमपात र वर्षाका कारण त्यहाँ पुगेका पर्यटकहरूको दैनिकी ठप्प भएको छ । हिमपातका कारण पर्यटकहरू बाहिरी गतिविधि गर्न नसकी होटलमै सीमित भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ...
सिन्धुली,११ कात्तिक- बीपी राजमार्गमा मंगलबार बिहान भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाण्डूतर्फ जाँदै गरेको बा.७ च.७५५४ नम्बरको कार सुनकोशी गाउँपालिका–६ चैनपुरमा करिब ४२ फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा विराटनगर उपमहानगरपालिका–१७ का...
काठमाण्डू ,११ कात्तिक-एमाले महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत लुटपाट, आगजनी र विध्वंसमा संलग्न अपराधी जत्थालाई कसैले उन्मुक्ति दिन नमिल्ने बताएका हुन् । एमालेसँग सम्वद्ध भए पनि देशद्रोही र हिंस्रक गतिविधिमा...