समाचार

सर्वसत्तावादी चुनौतीविरुद्ध राष्ट्रिय एकताको साझा मोर्चामा एक हुन प्रचण्डको आह्वान

२०८२ कार्तिक ११ गते १२:२९

काठमाण्डू ,११ कात्तिक-माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै गणतान्त्रिक राजनीतिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा एकताबद्ध हुन आह्वान गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले  देशमा देखिएका जटिल परिस्थिति, नागरिकको अपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि देखिएका चुनौतीहरूको समाधान खोज्ने जिम्मेवारी...

ओलीसहित ५ जनाको पासपोर्ट रोक्काविरुद्ध रिट

२०८२ कार्तिक ११ गते १२:१९

काठमाण्डू,११ कात्तिक- पूर्वप्रधानमन्त्री केपी ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र यात्रा प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रेमराज सिलवालले मंगलबार रिट दायर गरेका हुन् । रिटमाल२३ र २४ भदौको घटनापछि गठन भएको छानबिन आयोगको निर्णय खारेजीको माग गरिएको छ । सरकारले...

किमाथाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प

२०८२ कार्तिक ११ गते १०:०८

संखुवासभा,११ कात्तिक- संखुवासभाको उत्तरी क्षेत्र किमाथाङ आसपास केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ७ बजेर ३२ मिनेटमा ४.३ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको केन्द्रबिन्दु किमाथाङ नजिकै रहेको थियो । हालसम्म भूकम्पबाट हुने वा नहुने क्षतिको जानकारी...

उत्तरी गोरखामा लगातार हिमपात, जनजीवन प्रभावित

२०८२ कार्तिक ११ गते १०:०२

गोरखा,११ कात्तिक-उत्तरी गोरखाका विभिन्न गाउँमा निरन्तर हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । चुमनुब्री गाउँपालिकाका बस्तीहरू गए रातिदेखि बाक्लो हिउँले ढाकिएका छन् । गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो लामाका अनुसार राति हल्का वर्षा सुरु भएपछि हिउँ पर्न थाल्यो र अहिले पनि हिमपात जारी छ ।...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

२०८२ कार्तिक ११ गते ८:५०

काठमाण्डू,११ कात्तिक-उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सूर्यदेवको आराधनासँग सम्बन्धित छठ पर्व आज बिहान सम्पन्न भएको छ । भक्तजनहरूले बिहान सबेरै नदी, पोखरी र घाटमा गई दूध, जल र फूल अर्पण गर्दै सूर्यदेवको पूजा आराधना गरेका छन् । यसरी अर्घ दिएर व्रत पूरा गर्ने स्थललाई ‘भिन्सरघाट’...

रात्रि बस दुर्घटनामा १९ यात्रु घाइते

२०८२ कार्तिक ११ गते ८:३०

झापा, ११ कात्तिक-झापाको शिवसताक्षी नगरपालिका–१० मा मंगलबार बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको प्र१–०१–००१क ४२०९ नम्बरको बस माईधार चोकनजिक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा...

हेलिकप्टरमै शिशुको जन्म, अस्पताल नपुग्दै मृत्यु

२०८२ कार्तिक १० गते २१:३१

काठमाण्डू, ९ कात्तिक– कालिकोटको दुर्गम क्षेत्रबाट आकस्मिक उद्धार गरी सुर्खेत ल्याउँदै गर्दा हेलिकप्टरमै जन्मिएकी शिशुको कर्णाली प्रदेश अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । अस्पताल पुर्याउँदासम्म शिशुको मृत्यु भइसकेको अस्पतालका चिकित्सकहरूले जानकारी दिएका छन । रक्तस्रावको समस्या भएपछि कालिकोटको तिलागुफा नगरपालिका—९, की २०...

प्रधानमन्त्री कार्कीलाई अञ्जली मास्केले भनिन्ः नडराइ काम गर्नुहोला

२०८२ कार्तिक १० गते २०:५२

काठमाण्डू, ९ कात्तिक– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा लगाइदिएर सम्मान गरेकी प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएका छन । उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

प्रतिनिधिसभा विघटन असंवैधानिकः पूर्णबहादुर खड्का

२०८२ कार्तिक १० गते १६:४५

काठमाण्डू, १० कात्तिक– कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन । आज (सोमबार) नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा बोल्दै कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन । उनले...

डिपोर्ट गरिदिने चेतावनीपछि रद्द भएको थियो दुर्गा प्रसाईंको दिल्ली भ्रमण

२०८२ कार्तिक १० गते १६:३२

काठमाण्डू, १० कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि काठमाण्डूबाट दिल्ली जान लागेका व्यवसायी तथा अभियन्ता दूर्गा प्रसाईंलाई भारतीयले डिपोर्ट गरिदिने चेतावनी दिएपछि अन्तिम समयमा यात्रा रोक्नुपरेको खुलेको छ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईं गत सेप्टेम्बर...

सर्वोच्च अदालतको वेबसाइट पूर्ववत् अवस्थामा सञ्चालनमा आयो

२०८२ कार्तिक १० गते १६:२३

काठमाण्डू, १० कात्तिक– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि बन्द भएको वेबसाइट सोमबारबाट पूर्ववत् अवस्थामा सञ्चालनमा आएको छ । डेढ महिनादेखि बन्द रहेको वेबसाइट सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले पूर्ववत् रूपमा सञ्चालन भएको हो । कागजी रूपमा मात्रै सञ्चालनमा...

स्वागत नेपालसँग प्रहरीले गर्‍यो सोधपुछ

२०८२ कार्तिक १० गते १६:१८

काठमाण्डू, १० कात्तिक– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपालसँग सोधपुछ गरेको छ । ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए । अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेको बताइएको छ । अधिवक्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us