काठमाण्डू, १० कात्तिक– अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरीएको छ । प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएर विरोध गरीरहेका छन । यो घटना...
काठमाण्डू, १० कात्तिक– होस्टलमा स्वीप अपरेसन गरेर प्रहरीले हत्कडी, प्रहरीको लौरोसमेत फेला परेको छ । आइतबार दिउँसो प्रहरीले काठमाण्डू महानगरपालिका–३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा स्वीप अपरशेन चलाएको थियो । सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान...
काठमाण्डू, १० कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने तयारी गरेका छन । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति देउवा निकट उच्च स्रोतले जानकारी दिएको छ । जेनजी आन्दोलनको दोस्रोदिन...
काठमाण्डू, १० कात्तिक-कांग्रेस महामन्त्री गगनकुमार थापाले यस वर्ष छठ पर्वका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिँदै आयोजकहरूसँग माफी मागेका छन् । थापाले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै लेखेका छन्, “यो वर्ष दशैं, तिहार र नेपाल संवत जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन...
काठमाण्डू, १० कात्तिक- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक उद्घाटन, शिलान्यास वा रिबन काट्ने कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मन्त्री पुनले पनि, जहाँबाट पनि आफूलाई उदघाटन, शिलान्यास वा प्रमुख अतिथि बन्ने कार्यक्रमका...
काठमाण्डू ,१० –कात्तिक- माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीचको सहकार्यमा जोड दिएका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशले प्राप्त गरेका राजनीतिक परिवर्तनलाई संस्थागत गर्न एकता र विश्वास आवश्यक रहेको बताएका हुन् ।...
काठमाण्डू, १० कात्तिक-एमाले नेता योगेश भट्टराईले देशमा राजनीतिक प्रवाह रोक्ने प्रयासले ठूलो संकट निम्त्याउने चेतावनी दिएका छन् । छठ पर्वको अवसरमा सोमबार भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । प्रकृतिलाई बाँधेर रोक्दा विनाश आएजस्तै राजनीतिलाई थुन्ने, रोक्ने वा नियन्त्रण गर्ने प्रयासले पनि विनाशकारी...
काठमाण्डू, १० कात्तिक-प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल पार्न सबैलाई एकजुट हुन आग्रह गरेकी छन् । छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउँदै मुलुकलाई स्थायित्वतर्फ डोर्याउनु सबैको साझा दायित्व...
काठमाण्डू, ९ कात्तिक– गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । हाल रिक्त रहेका चार पद र केही दिनमा खाली हुने एक पदका लागि बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएका एसएसपीहरूमा भुपेन्द्र खत्री,...
काठमाण्डू , ९ कात्तिक- गृह मन्त्रालयले २४ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयको २०८२ कात्तिक ९ गतेको निर्णय अनुसार विभिन्न जिल्लामा कार्यरत सीडीओहरूलाई अन्य जिल्लामा पठाइएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी टेकराज जोशीलाई मकवानपुर पठाइएको छ । मकवानपुरका कार्यवाहक...
सोलुखुम्बु, ८ कात्तिक- सगरमाथा क्षेत्रको अमादब्लम हिमाल आरोहणको क्रममा दुई जना विदेशी पर्वतारोहीको ज्यान गएको छ । स्थानीय गाइडका अनुसार आरोहणका क्रममा एकजना फ्रान्सेली र अर्का अमेरिकी नागरिकको मृत्यु भएको हो । उनीहरूलाई सहयोगका लागि उद्धार टोली खटाइएको थियो । तर गम्भीर घाइते अवस्थामा...
काठमाण्डू, ९ कात्तिक– नव नियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको घोषणा गरेका छन । आज (आइतबार) अपरान्ह सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन । उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर...