समाचार

सिफारिस भएका चारमध्ये दुई मन्त्रीको मात्रै शपथ हुने

२०८२ कार्तिक ९ गते १४:१८

काठमाण्डू, ९ कात्तिक– नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने पक्का जस्तै भएको छ । सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दिएको छ । बब्लु गुप्ता र सुधा...

विवादित पृष्ठभूमि देखिएपछि सुनारको नाम मन्त्रीको सूचीबाट हटाउँदै प्रधानमन्त्री कार्की

२०८२ कार्तिक ९ गते १४:०५

काठमाण्डू, ९ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनारको नाम हटाउने तयारी गरेकी छन । जिल्ला अदालतदेखि सर्वोच्चसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाउन लागेकी प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका...

मन्त्री बन्न लागेका खगेन्द्रले अहिलेसम्म तिरेका छैनन् अदालतको जरीवाना

२०८२ कार्तिक ९ गते १३:५१

काठमाण्डू, ९ कात्तिक– सुशीला कार्की मन्त्रीपरिषदमा श्रममन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारका थप विवादित विषयवस्तुहरु सार्वजनिक हुने क्रम जारी छ । उनी विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउ समेत परेर थुनामा बसेका व्यक्ति समेत भएको प्रहरी स्रोतले बताएको छ । कांग्रेस पृष्ठभूमिका सुनार दैलेखबाट महाधिवेशन...

वैदेशिक रोजगार ठगीमा पक्राउ परेका थिए सुनार, बहुविवाहको पनि अभियोग

२०८२ कार्तिक ९ गते १३:४७

काठमाण्डू, ९ कात्तिक– सुशीला कार्की मन्त्रीपरिषदमा श्रममन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारका थप विवादित विषयवस्तुहरु सार्वजनिक हुने क्रम जारी छ । उनी विगतमा वैदेशिक रोजगारीको ठगीमा पक्राउ समेत परेर थुनामा बसेका व्यक्ति समेत भएको प्रहरी स्रोतले बताएको छ । कांग्रेस पृष्ठभूमिका सुनार दैलेखबाट महाधिवेशन...

सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेका थिए सिफारिस

२०८२ कार्तिक ९ गते १३:४४

काठमाण्डू, ९ कात्तिक– अभियन्ता खगेन्द्र सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिफारिस गरेको खुलेको छ । आज आइतबार साढे २ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरेका चार मन्त्रीमध्येका एक सुनार विभिन्न मुद्दामा फरार अभियुक्त रहेका व्यक्ति हुन । फौजदारी कसुरमा आरोपित रहेका सुनारलाई सिफारिस...

मन्त्रीमा सिफारिस खगेन्द्र सुनार विवादित बनेपछि प्रधानमन्त्री कार्की छलफलमा

२०८२ कार्तिक ९ गते १३:३४

काठमाण्डू, ९ कात्तिक– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदमा ४ नयाँ मन्त्रीलाई शपथ ग्रहण गराउनुअघि आन्तरिक छलफलमा जुटेकी छन । नयाँ मन्त्रीमा सिफारिस गरिएकामध्ये खगेन्द्र सुनारको नाम विवादमा परेपछि उनले यसमा समीक्षा गर्न लागेको प्रधानमन्त्री कार्यलय उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री...

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ कार्तिक ९ गते १३:२०

काठमाण्डू, ९ कात्तिक– ललितपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ५० वर्षीया मैया महर्जन रहेकी जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । गोदावरी नगरपालिका–१४ बाडेगाँउस्थित सडकमा बा ६२प ४७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महर्जनको मृत्यु...

भैरहवामा थाई एयर एसियाले आजबाट थाल्यो पुनः उडान

२०८२ कार्तिक ९ गते १३:१४

काठमाण्डू, ९ कात्तिक– थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजबाट पुनः उडान सुरु गरेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी...

२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

२०८२ कार्तिक ९ गते १३:०८

काठमाण्डू, ९ कात्तिक– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो । बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको...

उता पक्राउ पुर्जी, यता मन्त्री

२०८२ कार्तिक ९ गते १२:५५

काठमाण्डू, ९ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शन पछि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । अन्तरिम सरकार गठन भएको डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछिन् । दिउँसो चार...

जेनजी आन्दोलनमा साँखु प्रहरी प्रभाग आगजनी गर्ने २ जना पक्राउ

२०८२ कार्तिक ९ गते १२:४३

काठमाण्डू, ९ कात्तिक– गत २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद...

सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडीः दुर्गा प्रसाईं

२०८२ कार्तिक ९ गते १२:३८

काठमाण्डू, ९ कात्तिक– ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको घोषणा गरेका छन । उनले आफु देश छोडेर जान भनियो भने पनि त्यसका लागि तयार रहेको बताएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us