समाचार

जेनजी लगायतका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना गर्नुपर्छः उपमहासचिव ज्ञवाली

२०८२ कार्तिक ८ गते १४:३२

काठमाण्डू, ८ कात्तिक– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद् पुनर्स्थापनाको एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन । उपमहासचिव ज्ञवालीले नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद् पुनर्स्थापना नै उत्तम विकल्प रहेको पनि बताएका छन । आज (शनिबार) पश्चिम नवलपरासीको सुनवलमा...

च्यासलमा पाल टाँगेर एमालेले सुचारु गर्‍यो केन्द्रीय कार्यालय

२०८२ कार्तिक ८ गते १४:०३

काठमाण्डू, ८ कात्तिक– एमालेको केन्द्रीय कार्यालय सुचारु भएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलमा रहेको केन्द्रीय कार्यालय आगजनी गरेपछि पाल टाँगेर कार्यालय सुचारु गरेको एमाले नेता विष्णु रिजालले जानकारी गराएका छन । भदौ २४ गते जेनजी आन्दोलनले...

माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र होइनः एमाले महासचिव पोखरेल

२०८२ कार्तिक ८ गते १३:५३

काठमाण्डू, ८ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको आरोप लगाएका छन । महासचिव पोखरलले राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डलालाई एक पक्षीय बनाइएको आरोप लगाए । उनले काठमाण्डू महानगरका मेयर बालेन साह, हामी नेपालका...

लागुऔषधसहित सिनामंगलबाट एकजना पक्राउ

२०८२ कार्तिक ८ गते १३:४२

काठमाण्डू, ८ कात्तिक– प्रहरीले काठमाण्डूको सिनामंगलबाट प्रहरीले लागुऔषध पोलन र एम्पुल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१ घर भएर सिनामंगल बस्ने कुमार परियार रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । ४० वर्षीय परियारको साथबाट १२ वटा पोलनको...

विवाद भएपछि पोखरामा साथीको हत्या, एक जना पक्राउ

२०८२ कार्तिक ८ गते १३:१८

काठमाण्डू, ८ कात्तिक– आज (शनिबार) बिहानै पोखरामा एक जनाको हत्या भएको छ । पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या गरीएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ । प्रारम्भिक जानकारीअनुसार स्थानीय ईश्वर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुलीमाथि आक्रमण...

दरबारमार्गबाट लुटिएको गोलीसहित २ जना पक्राउ

२०८२ कार्तिक ८ गते १३:११

काठमाण्डू, ८ कात्तिक– प्रहरीले गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा काठमाण्डूको दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भई काठमाण्डूको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाण्डूको मालिगाउँ...

अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ

२०८२ कार्तिक ८ गते १३:०१

काठमाण्डू, ८ कात्तिक– नेपाल प्रहरीले स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाण्डूको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार पक्राउ गरेको छ । आज (शनिबार¬) बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाण्डूको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको...

अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते

२०८२ कार्तिक ८ गते १२:४८

काठमाण्डू, ८ कात्तिक– अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटनामा परेको छ । अर्घाखाँचीको छत्रगंजबाट बुटवलका लागि छुटेको लु १ ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका–५ डाँडाचौपारीमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । गाडी सडकमै पल्टिएको थियो । दुर्घटनामा ९ जना घाइते...

प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्रीको आग्रह

२०८२ कार्तिक ८ गते १२:४२

काठमाण्डू, ८ कात्तिक–  गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन । आज (शनिबार) प्रधानमनन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठकपछि उनले सम्भावित प्रदर्शनतर्फ इंगित गर्दै गृहमन्त्री अर्यालले जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका हुन् । उनले...

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल

२०८२ कार्तिक ८ गते १२:२४

काठमाण्डू, ८ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज (शनिबार) गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन । वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक...

टिमुरखर्कमा आगलागीबाट घर जलेर नष्ट

२०८२ कार्तिक ८ गते ११:३३

काठमाण्डू, ८ कात्तिक– गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ टिमुरखर्कमा शुक्रबार राति भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । राति करिब ८ बजेर १५ मिनेटमा ७० वर्षीय देवेबहादुर वलीको ढुङ्गा–माटोले बनेको दुई तले कच्ची घर र ढुङ्गा–माटोले बनेको बङ्गलामा आगलागी भएको इलाका...

लागुऔषधसहित एक जना पक्राउ

२०८२ कार्तिक ८ गते ११:२७

काठमाण्डू, ८ कात्तिक– प्रहरीले गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–२ राक्सेमा लागुऔषधसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ रुद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधान रहेको प्रहरीले जनाएको छ । कात्तिक ७ गते राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको मोटरसाइकल आफैं...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us