काठमाण्डू, ८ कात्तिक– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरेका छन । कुराकानीका क्रममा अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग...
विराटनगर, कात्तिक ७ —मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम दुई सातादेखि हराएकी थिइन् । शुक्रबार दिउँसो उनको शव बेलबारी–चिसाङ साझेदारी वनमा फेला परेको प्रहरीले जनाएको छ । जंगलमा घाँस काट्न गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको शरीर र टाउको...
काठमाण्डु ,७ -कात्तिक- राजधानीको स्वयम्भू क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको करिब ७० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङ नीलकण्ठ नगरपालिका–३ की...
रुकुम पश्चिम, कात्तिक ७ –रूकुम पश्चिमको बाफिकोट गाउँपालिका–७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रु बोकेको जिप शुक्रबार साँझ करिब साढे ५ बजेतिर सडकबाट ७ सय मिटर तल...
काठमाण्डू, ७ कात्तिक– झापा जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत अवस्थामा फेला परेका छन । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत फेला परेका हुन । तिहार मान्न श्रीमती...
काठमाण्डू, ७ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश नगरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत ५ कात्तिक (बुधबार) का दिन गृहन्त्री अर्यालले परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण र यहाँका मुख्य मुख्य मन्दिरमा दर्शन गर्नुभए र निषेधित क्षेत्रमा...
काठमाण्डू, ७ कात्तिक– गायक तथा सङ्गीतकार बाबुल गिरी जिल्ला प्रहरी परिसर काठमाण्डूमा पुगेका छन् । गत शनिबार आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटल’ मा निधन भएपछि उनी प्रहरी सम्पर्कमा पुगेका हुन् । उनी प्रहरीको...
काठमाण्डू, ७ कात्तिक– एमाले महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा चर्काचर्की भएको छ । महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई आग्रह गरेका छन...
काठमाण्डू, ७ कात्तिक– नवलपरासी पूर्वमा कुटपिटबाट मृत्यु भएको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीको त्रिबेणी गाउँपालिका–४ दुमकट्टा बस्ने १९ वर्षीय रिङकु गुरुङ, सोही ठाउँ बस्ने १७ को बिक्रम हिजाले र त्रिवेणी गा.पा.४ बस्ने २० वर्षीय धरन पाईजा मगर...
काठमाण्डू, ७ कात्तिक– गायिका नितु पौडेको मृत्यु भएपछि उनका दाई गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेका छन । नितुका दाई गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा पुगेका छन । गणेशले आफू जाहेरी लिएर सिंहदरबार वृत्तमा पुगेको जानकारी दिएका छन...
काठमाण्डू, ७ कात्तिक– जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै काठमाण्डूको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी रहेका छन । उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा...
काठमाण्डू, ७ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राजनीतिक दलहरूलाई दोषारोपण गरेर ‘पानीमाथिको ओभानो’ बन्न खोजिरहेको तर्क गरेका छन । एमाले महासचिव पोखरेलले २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने बालेनको प्रयास गलत रहेको बताए...