काठमाण्डू, ५ कात्तिक– निर्वतमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बालकोटस्थित निजी निवासको अवलोकनको लागि पुगेका छन् । बुधबार अध्यक्ष ओली जलेको आफ्नो घर हेर्न बालकोट पुगेका हुन् ।...
काठमाण्डू, ५ कात्तिक– एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्र्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको सर्वदलीय बैठकमा एमालेले सरकारसँग यस्तो माग गरेको हो । प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा...
काठमाण्डू ,५ कात्तिक- एमाले अध्यक्ष केपी ओलीले नेपाली नयाँ वर्ष नेपाल संवत् ११४६ को अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिएका छन् । अध्यक्ष ओलीले आफ्नो सन्देशमा सांस्कृतिक विविधता र राष्ट्रिय एकताको महत्त्व औंल्याएका छन् । हाम्रो सांस्कृतिक मौलिकता र विविधतालाई सम्मान गर्दै राष्ट्रिय...
चितवन, ५ कात्तिक- चितवनको खैरहनी नगरपालिका–२ जनजोन टोलमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बागमती प्रदेश नम्बर ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल राति करिब साढे १२ बजे अनियन्त्रित भई सडक किनारमा ठोक्किँदा चालक गम्भीर घाइते भएका थिए...
काठमाण्डू ,५ कात्तिक-नेपाल संवत् ११४६ प्रारम्भको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै जनताको हितका लागि गरिएको उनको अद्वितीय कार्यलाई स्मरण गरेका छन् । राष्ट्रपतिले शुभकामना सन्देश जारी गर्दै भने, “शंखधर साख्वाले ऋणमुक्त समाजको सुरुवात गरेर नेपाली जनताको...
काठमाण्डू ,५ कात्तिक-नेवार समुदायले आज आत्म सम्मान र सन्तुष्टिको प्रतीक मानिने म्हः पूजा पर्व विशेष विधि र उल्लासका साथ मनाइरहेका छन् । हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वमा आत्मा (म्हः) लाई पूजेर जीवनप्रति कृतज्ञता र आत्मबोध व्यक्त गरिन्छ । नेवार समुदायका...
काठमाण्डू ,५ कात्तिक-नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बत ११४६ आजदेखि देशभर विशेष कार्यक्रमसहित मनाइँदैछ । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरु गरेका थिए । इतिहासकार डा. त्रिरत्न मानन्धरका अनुसार लिच्छविकालका राजा...
पोखरा,४ कात्तिक- प्रहरीले पोखराका विभिन्न स्थानमा जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूबाट झण्डै ६ लाख रुपैयाँभन्दा बढी नगद र तास बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार नयाँ बजार, लप्सीबोट...
काठमाण्डू, ४ कात्तिक-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले आफूलाई ‘विभीषण’ भनेर व्यङ्ग्य गर्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा प्रस्ट प्रतिक्रिया दिएका छन् । उनको भनाइसँगै पार्टीभित्रको वैचारिक मतभेद र नेतृत्वप्रतिको असन्तुष्टि फेरि सतहमा आएको देखिएको छ । कार्कीले लेखेका छन्, “रामायणमा विभीषण भन्ने...
काठमाण्डू, ४ कात्तिक- तिहारमा भाइटीका लगाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप तीव्र बनेको छ । तिहार मनाउन गृह जिल्लातर्फ फर्किनेहरूको संख्या बढेसँगै राजधानीको चहलपहल घट्दै गएको छ । ट्राफिक प्रहरीका अनुसार, गत शनिबारदेखि सुरु भएको यात्रु आवागमनको लहर भाइटिकाको दिनसम्म निरन्तर बढ्ने सम्भावना छ ।...
कैलाली,४ कात्तिक- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताएका छन् । किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उनले किसानहरुले धानको समर्थन मूल्य पाए/नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला...
तनहुँ, ४ कात्तिक- तनहुँको आँबुखैरेनी का–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले...