समाचार

चुनाव सफल पार्न दलहरुले सरकारलाई सहयोग गर्नुपर्छः वर्षमान

२०८२ कार्तिक ४ गते १६:५७

काठमाण्डू, ४ कात्तिक- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् । तिहार, नेपाल सम्वत र छठ लगायत वर्षका अवसरमा मंगलबार ललितपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई...

प्रधानमन्त्री कार्की र जेन–जी आन्दोलनका घाइतेबीच चार घण्टे संवाद

२०८२ कार्तिक ४ गते १६:५१

काठमाण्डू,४ कात्तिक- प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइते कार्यकर्ताहरूसँग बालुवाटारमा करिब चार घण्टासम्म गहन छलफल गरेकी छन्। बिहान साढे १० बजे सुरु भएको वार्ता दिउँसो मात्र टुंगिएको हो। भेटमा सहभागी घाइतेहरूले सरकारले भ्रष्टाचार र दमनविरुद्ध व्यवहारिक र साहसिक कदम चाल्न आग्रह गरेका थिए। उनीहरूले...

केपी ओली कानूनभन्दा माथि हुन सक्दैनन्ः गृहमन्त्री

२०८२ कार्तिक ३ गते १७:४०

काठमाण्डू, ३ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले अध्यक्ष केपी ओली कानूनभन्दा माथि नरहेको बताएका छन् । विपीन जोशीप्रति श्रद्धान्जली दिनुअघि आइतबार सञ्चारकर्मीसँग अर्यालले ओलीलाई सरकारले नभई न्यायिक जाँचबुझ आयोगले काठमाण्डू नछाड्न बनेको दाबी गरे । ‘जाँचबुझ आयोगले गरेको हो । सरकारले रोकेको होइन नि...

मैले अन्तर्वार्ता दिँदा विदेशमा रहेका पूर्वउर्जामन्त्री छापिएपछि नेपाल आएः गृहमन्त्री

२०८२ कार्तिक ३ गते १७:३३

काठमाण्डू, ३ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जामन्त्री एवं काँग्रेस नेता दीपक खड्का भागेको विषयमा आफूले बोलेपछि उनी नेपाल फर्किएको बताएका छन् । इजरायलमा हमास आक्रमणमा मारिएका विपीन जोशीको श्रद्धाञ्जली सभामा सहभागी भएका अर्यालले आफूले बोल्दा भारतमा रहेको र पछि आएको बताएका हुन् । आइतबार...

यसकारण मैले बुबाको सचिवालय छाडेंः गंगा दाहाल

२०८२ कार्तिक ३ गते १७:२३

काठमाण्डू, ३ कात्तिक–माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट गंगा दाहालले राजीनामा दिएका छन् । गंगा प्रचण्डकी कान्छी छोरी र पार्टी आयोजक समिति सदस्य हुन् । गंगाले सामाजिक सञ्जालमार्फत प्रचण्डको सचिवालयबाट राजीनामा दिएको जानकारी दिएकी हुन् । ०७४ को निर्वाचनको पूर्वसन्ध्यामा प्रकाश दाहालको निधन...

जेन–जी आन्दोलनकारीले उडाएको पैसा मेरै होः पूर्वऊर्जामन्त्री खड्का

२०८२ कार्तिक ३ गते १३:५४

काठमाण्डू, ३ कात्तिक– पूर्वऊर्जामन्त्री दीपक खड्काले भदौमा जेन–जी आन्दोलनकारीले २४ भदौमा बुढानीलकण्ठस्थित आफ्नो घरबाट पैसा उडाएको स्वीकार गरेका छन् । आन्दोलनकारीले आगजनी गरेको घरको प्रांगणमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त पैसा आफ्नै भएको बताए । तर, कति पैसा थियो भन्नेबारे उनले खुलाएनन् ।...

दिल्लीमा थिएँ, गृहमन्त्रीले भाग्यो भनेपछि नेपाल आएँः पूर्वमन्त्री खड्का

२०८२ कार्तिक ३ गते १३:४३

काठमाण्डू, ३ कात्तिक– पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू देश छाडेर नभागेको बताएका छन् । बुढानीलकण्ठस्थित निवासमा सोमबार पत्रकार सम्मेलन गरी उनी सार्वजनिक भएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार नयाँ पत्रिकालाई दिएको अन्तवार्तामा सम्पत्ति शुद्धीकरणमा छानबिन अघि बढेपछि खड्का भागेको र अरु नेता पनि भाग्ने...

रोकिराखेको ग्यास बुलेटमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

२०८२ कार्तिक ३ गते ९:००

काठमाण्डू, ३ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–२ लदरी खोला पुलमा रोकिराखेको ग्यास बुलेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एच.आर.३८ ए एफ ६१२६ नम्बरको ग्यास बुलेटमा बागमती प्रदेश ०३– ००२ प ३२३० नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक खैरहनी–२ का मनिष बोगटीको...

विविधताभित्रको सद्भाव र सहिष्णुताले राष्ट्रिय एकतालाई अझ बलियो बनाएको छः खड्का

२०८२ कार्तिक ३ गते ८:५१

काठमाण्डू, ३ कात्तिक–काँग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाड–पर्वहरू भएको मुलुक भएको बताएका छन् । दोस्रो ठूलो चाड तिहार तथा नेपाल सम्वतको नयाँ वर्ष ११४६ को अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै खड्काले विविधताभित्र रहेको सद्भाव र सहिष्णुताले नै...

महाकवि देवकोटाको ११० औं जन्मजयन्ती मनाइँदै

२०८२ कार्तिक ३ गते ८:४३

काठमाण्डू, ३ कात्तिक–नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डूको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु...

अन्धकार अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔंँ : प्रधानमन्त्री

२०८२ कार्तिक ३ गते ८:४०

काठमाण्डू, ३ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । तिहार, म्हं पूजा, नेपाल संवत, नेपाली नयाँ वर्ष ११४६ र छठ पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा...

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो: राष्ट्रपति पौडेल

२०८२ कार्तिक ३ गते ८:२९

काठमाण्डू, ३ कात्तिक–राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । ‘नेपाल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us