समाचार

लुरुलुरु कुनै आयोगमा बयान दिन जान्नः ओली

२०८२ कार्तिक २ गते १५:२७

काठमाण्डू, २ कात्तिक– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा बयान दिन नजाने घोषणा गरेका छन् । आइतबार सम्पादकहरुसँगको कुराकानीमा ओलीले कुनै आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताएका हुन् । आफूलाई धोका दिएर बयान दिन नसक्ने उनको भनाइ...

युवाहरुमाथि ओलीको दोषारोपणः यिनीहरुलाई देशको इज्जत के हो थाहै रहेनछ

२०८२ कार्तिक २ गते १५:१५

काठमाण्डू, २ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले युवाहरुलाई मुलुकको इज्जत हुन्छ भन्ने बुझाउन नसकिएको टिप्पणी गरेका छन् । आइतबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले नयाँ पुस्तालाई देशको इज्जतबारे बुझाउन नसकिएको बताएका हुन् । नवयुवाहरुलाई देशको इज्जत के हो भन्नेबारे बुझाउनुपर्ने उनको भनाइ थियो । ओलीले देशको...

म प्रधानमन्त्री भएको बेला देशको अवस्था राम्रो थियो, अहिले खराब भयोः ओली

२०८२ कार्तिक २ गते १५:०१

काठमाण्डू, २ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले मुलुकको अवस्था आफू प्रधानमन्त्री भएको भन्दा खराब भएको जिकिर गरेका छन् । आइतबार सम्पादकहरुसँग कुरा गर्दै उनले मुलुकको शान्ति सुरक्षाको अवस्था आफू प्रधानमन्त्री हुँदा भन्दा खराब भएको दाबी गरेका हुन् । मुलुकको त्रासको वातावरण रहेको उनको भनाइ...

माओवादीसँग एकता गर्न तयार भए विप्लव

२०८२ कार्तिक २ गते १४:५१

काठमाण्डू, २ कात्तिक– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माओवादी केन्दसँग एकता गर्ने तयारी गरेको छ । नेकपाले २६ देखि ३० असोजसम्म बसेको केन्द्रीय समिति बैठकले माओवादीसहित कम्युनिष्ट घटकसँग एकताका लागि पहल गर्ने निर्णय गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा...

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

२०८२ कार्तिक २ गते १२:२५

वीरगञ्ज, २ कात्तिक– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा...

केपी ओली अपराधी हुन्, उनको दिमागमा सैतानको बास छः गृहमन्त्री अर्याल

२०८२ कार्तिक २ गते १२:२१

काठमाण्डू, २ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि ‘अपराधी’ को आरोप लगाएका छन् । गृहमन्त्री अर्यालले ओलीको विगतदेखि हालसम्मका गतिविधिले उनी आपराधिक भएको पुष्टि गर्ने दाबी गरे । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा अर्यालले ओलीको आपराधिक लापरबाहीका कारण २४ भदौमा विश्वंश...

निवर्तमान ऊर्जामन्त्री खड्का देश छाडेर भागेः गृहमन्त्री अर्याल

२०८२ कार्तिक २ गते १२:११

काठमाण्डू, २ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री एवं काँग्रेस नेता दीपक खड्का देश छाडेर भागेको बताएका छन् । खड्कामाथि सरकारले छानबिन थालेपछि खड्का भागेको दाबी उनको छ । सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेपछि खड्का भागेको र अरु ठूला नेता पनि भाग्ने तर्खरमा...

गगन थापाको घरबाट फ्रिज चोर्ने ‘जेन–जी’ पक्राउ

२०८२ कार्तिक २ गते ११:५६

काठमाण्डू, २ कात्तिक– काँग्रेस महामन्त्री गगनकुमार थापाको घरबाट फ्रिज र उफर चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाण्डूको रोतोपुल बस्दै आएका ४० वर्षीय रमेश थामी छन् । प्रहरी वृत्त गौशालाका अनुसार थामीले २४ भदौको जेन–जी आन्दोलनका क्रममा...

आज काग तिहार

२०८२ कार्तिक २ गते ९:४४

काठमाण्डू, २ कात्तिक– नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहारको अवधिलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिन्छ । कागलाई यमराजको दूत’ तथा सन्देश बाहकको रुपमा पूजा...

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

२०८२ कार्तिक २ गते ९:४०

काठमाण्डू, २ कात्तिक– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं...

पोर्चुगलमा नेपाली युवा बेपत्ता

२०८२ कार्तिक २ गते ९:३७

पोर्चुगल- वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई...

पुराजीको गोली हानी हत्या

२०८२ कार्तिक २ गते ९:३५

सप्तरी, २ कात्तिक– सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आइतबार बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन् । गाउँको पूर्वतर्फ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us