समाचार

तिहारको तेस्रो दिन, आज कुकुर तिहार र लक्ष्मी पूजा

२०८२ कार्तिक ३ गते ८:२७

काठमाण्डू, ३ कात्तिक–तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ...

प्रधानमन्त्रीले काँग्रेस, एमाले र माओवादीसहितका नेतालाई वार्तामा बोलाइन्

२०८२ कार्तिक ३ गते ८:२४

काठमाण्डू, ३ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा राष्ट्रिय मान्यताप्राप्त दलका नेतालाई छलफलमा बोलाएकी छन् । प्रधानमन्त्रीले मंगलबार अपराह्न ४ बजे सात राजनीतिक दलका नेतालाई वार्ताका लागि बोलाएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए । रावलका अनुसार आगामी २१ फागुनमा तोकिएको निर्वाचनबारे छलफलका...

तीन जना सवार स्कुटरलाई ट्याङ्करले ठक्कर दियो, चालकको मृत्यु

२०८२ कार्तिक ३ गते ८:१५

पूर्वी नवलपरासी, ३ कात्तिक–पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ गडारखोलामा तीन जना सवार स्कुटरलाई तेल बोकेको ट्यांकरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चोरमाराबाट अरूणखोलातर्फ जाँदै गरेको लु५५प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ६६३४ नम्बरको ट्यांकले सोमबार बिहान करिब साढे ६...

गृहमन्त्री अर्यालप्रति विश्वकर्माको आक्रोशः आगजनी र लुटपाटको बलमा आएकी यी मन्त्री नै हुन् त ?

२०८२ कार्तिक २ गते १८:२६

काठमाण्डू, २ कात्तिक– कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गृहमन्त्री ओमप्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । अर्यालले जेन–जी आन्दोलनका क्रममा दलहरुले हतियार लुटेको आरोप लगाएकामा विश्वकर्माले आपत्ति जनाएका छन् । अर्यालले जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र विभिन्न कारागारबाट फरार भएका कैदी २१ फागुनको...

प्रहरीका ३ सय ७७ असईले लगाए फुली

२०८२ कार्तिक २ गते १८:१४

चितवन, २ कात्तिक–नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२-१७९) औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबीच दीक्षित गरेका हुन्। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ...

मलामी जाँदै गरेको ट्याक्टर दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

२०८२ कार्तिक २ गते १८:०३

कैलाली, २ कात्तिक– जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश०१००२ त ४९५१ नम्बरको ट्याक्टर आइतबार दुर्घटना भएको हो । दुर्घटनामा...

ओलीको चुनौतीः यो सरकारलाई मलाई थुन्न सक्छु भन्ने लागेको होला

२०८२ कार्तिक २ गते १७:५७

काठमाण्डू, २ कात्तिक–एमाले अध्यक्ष केपी ओलीले आफूले थुन्नुपर्ने गरी केही काम नगरेको दाबी गरेका छन् । आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको कुराकानीमा ओलीले आफूबाट कुनै पनि गल्ती नभएको दाबी गरे । जेन–जी आन्दोलनमा भएका घटनाको अनुसन्धानमा भन्दा सरकार आफूलाई कसरी थुन्ने भन्ने योजनामा रहेको उनको...

ओली भन्छन्ः देउवाले उपचारमा जान कार्यबाहक दिएका हुन्, मैले किन दिने ?

२०८२ कार्तिक २ गते १७:४३

काठमाण्डू, २ कात्तिक–एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट गरेका छन् । आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको कुराकानीमा ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र काम गर्ने उमेर बाँकी रहेकाले कार्यबाहक अध्यक्ष पनि तोक्नुनपर्ने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारमा जान लागेका...

म फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना देख्दैछुः ओली

२०८२ कार्तिक २ गते १६:०१

काठमाण्डू, २ कात्तिक–एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफू फेरि प्रधानमन्त्री बन्न सक्ने जिकिर गरेका छन् । आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको कुराकानीमा ओलीले अहिलेकै अवस्था रहिरहे आफू प्रधानमन्त्रीमा फर्कने दाबी गरेका हुन् । जनताले अरुबाट देश नचल्ने रहेछ भन्ने बुझ्ने र आफू प्रधानमन्त्रीमा...

जब सेनाले ओलीको मोबाइल फोन खोस्यो…

२०८२ कार्तिक २ गते १५:५४

काठमाण्डू, २ कात्तिक–एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले बालुवाटार छाडेर भागेपछि नेपाली सेनाले आफ्नो मोबाइल फोन खोसेको बताएका छन् । जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि ओली २४ भदौमा हेलिकोप्टर चढेर बालुवाटारबाट भागेका थिए । उनलाई सेनाले मकवानपुरको सुपारेटार ब्यारेकमा राखेको थियो । आइतबार सञ्चार...

बानेश्वरमा फ्रि तिब्बत मुभमेन्टवाला टिओबी समूहले हिंसा मच्चाएको ओलीको आरोप

२०८२ कार्तिक २ गते १५:४७

काठमाण्डू, २ कात्तिक–एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखहरुले २३ भदौको जेन–जी आन्दोलन शान्तिपूर्ण हुने ब्रिफिङ गरेको बताएका छन् । आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको संवादमा ओलीले २२ भदौको राति सुरक्षा निकायका प्रमुखले त्यस्तो ब्रिफिङ गरेको बताए । तर, २३ गते नयाँबानेश्वरस्थित...

ट्रम्प, पुटिन र सी जिनफिङभन्दा केही जेठो छुः ओली

२०८२ कार्तिक २ गते १५:३६

काठमाण्डू, २ कात्तिक– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा आफू ‘सिनियर’ भएको दाबी गरेका छन् । आइतबार सञ्चार माध्यमका सम्पादकसँगको संवादमा ओलीले ट्रम्प दुई वर्ष, पुटिन ७ महिना र सी डेढ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us