रुकुम पश्चिममा जिप दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८२ कार्तिक ७ गते २१:०४ मा प्रकाशित

रुकुम पश्चिम, कात्तिक ७ –रूकुम पश्चिमको बाफिकोट गाउँपालिका–७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा सात जनाको घटनास्थलमै  मृत्यु भएको छ ।

खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको  रा १ ज ४२२ नम्बरको यात्रु बोकेको जिप शुक्रबार साँझ करिब साढे ५ बजेतिर सडकबाट ७ सय मिटर तल खसेे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकमध्ये ६ जनाको सनाखत भएको रुकुमपश्चिम प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए ।

उनका अनुसारआ दुर्घटनामा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट–१५ की दिलमाया बुढा, सोही नगरपालिकाकी १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीया गोपाल वली छन् । मृतकमध्ये एक महिलाको पहिचान खुलेेको छैन । दुर्घटनामा अरु १० जना घाइते छन् ।

घाइतेलाई उद्धार गरि पचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको प्रवक्ता पुनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us