काठमाण्डू, १० कात्तिक– नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपालसँग सोधपुछ गरेको छ । ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए ।
अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेको बताइएको छ ।
अधिवक्ता नेपालसँग सोधपुछ गरिएको साइबर ब्यूरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले जानकारी दिएका छन । एक भिडियो अन्तर्वार्तामा अधिवक्ता नेपालले प्रधानमन्त्री कार्कीको नियुक्ती गैरकानुनी भएको र उनी नैतिकताको आधारमा पदम बस्न नमिल्ने तर्क गरेका थिए ।
सोमबार छठको बिदा परेको हुनाले नेपालसँग मंगलबार फेरी सोधपुछ गरिने प्रवक्ता अवस्थीले बताए । उनले भने, ‘सोधपुछ सकिएको छैन्, मंगलबार फेरी बोलाएका छौँ ।’