समाचार

उपल्लो मुस्ताङमा हिमपात

२०८२ कार्तिक १४ गते १५:५१

मुस्ताङ, १४ कात्तिक– उपल्लो मुस्ताङका विभिन्न स्थानमा हिमपात भएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार अहिले सामान्य हिमपात भइरहेको छ । मुक्तिनाथ क्षेत्रमा अहिले वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । यस्तै घरपझोङ र थासाङ गाउँपालिकामा पनि...

बाढीले तेताङमा १२ च्यांग्रा मरे

२०८२ कार्तिक १४ गते १५:४९

मुस्ताङ,  १४ कात्तिक- वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति...

मैले भाग लिइन भने देशमा चुनाव हुन सक्दैनः रेशम चौधरी

२०८२ कार्तिक १४ गते १५:४४

काठमाण्डू, १४ कात्तिक– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिने वातावरण नभए देशमा चुनाव हुनै नसक्ने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा शुक्रबार राजधानीमा आयोजित ‘वृहत् राजनीतिक संवाद’ वक्ता रहेका चौधरीले थारु समुदायका नेतालाई बाइपास गरेर चुनाव हुन...

विवादका कारण कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

२०८२ कार्तिक १४ गते १५:२७

काठमाण्डू, १४ कात्तिक– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी विवादका कारण स्थगित भएको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रय कार्यालय सानेपामा बस्ने तय भएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको नेताहरुले बताएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक...

भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि, विदेश भ्रमणमा जान अब यी चार विषय अनिवार्य

२०८२ कार्तिक १४ गते १५:१७

काठमाण्डू, १४ कात्तिक– अध्यागमन विभागले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गर्दै अघिल्लो ६ बुँदे व्यवस्था खारेज गरेको छ । मन्त्रिपरिषद्को १३ कात्तिकको निर्णयअनुसार शुक्रबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा आएको विभागले जनाएको छ । १० माघ २०८० देखि लागू गरिएको ६ बुँदे मापदण्ड उच्चस्तरीय अध्ययन तथा...

मौसममा सुधार हुने पूर्वानुमान

२०८२ कार्तिक १४ गते १४:२५

काठमाण्डू, १४ कात्तिक– बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश,...

महानगरले चलायो थापाथलीमा डोजर

२०८२ कार्तिक १४ गते १४:२३

काठमाण्डू, १४ कात्तिक– काठमाण्डू महानगरपालिकाले काठमाण्डूको थापाथलीमा अनधिकृत रुपमा हडपिएका संरचना डोजर लगाएर भत्काएको छ । यसअघि २०७९ मंसिरमा महानगरले डोजर लगाए पनि सुकुम्बासीहरुको प्रतिकारका कारण नगर प्रहरी पछि हटेको थियो । यसअघि शुक्रबार मात्र महानगर र नगर विकास समितिले संयुक्त सूचना जारी गर्दै...

सुन्दर हरैंचामा २१० मिलिमिटर वर्षा

२०८२ कार्तिक १४ गते १४:१७

काठमाण्डू, १४ कात्तिक– मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा...

माओवादीसँग एकता भए पार्टी विभाजित हुन्छः झाँक्री

२०८२ कार्तिक १४ गते १४:१३

काठमाण्डू, १४ कात्तिक– नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाल पक्षले माओवादी केन्द्रसँग एकता गरे आफूहरु सहभागी नुहने बताएकी छन् । काठमाण्डूमा जारी केन्द्रीय समिति बैठमा उनले व्यक्तिको संकट टार्न गरिने एकता दिगो नहुने बताइन् । बहुमतका नाममा जबर्जस्ती एकताको...

जाँचबुझ आयोगका सदस्यमाथि झम्टिए एमाले नेता रावलः तिमीहरु मेरो घर जलाउने अपराधी हौ, नाटक गर्न किन आएको ?

२०८२ कार्तिक १४ गते ११:१९

काठमाण्डू, १४ कात्तिक– सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेता राजेन्द्र रावलले जेनजी आन्दोलनमा भएको क्षति जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई हप्काएका छन् । भण्डारी आन्दोलनमा भएको क्षतिको विवरण संकलन गर्न कञ्चनपुर पुगेका भण्डारीमाथि पूर्वमुख्यमन्त्री रावल जाइलागेका हुन् । भण्डारीसहितको टोली बिहीबार भीमदत्त नगरपालिका कार्यालय...

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

२०८२ कार्तिक १४ गते ९:५१

चितवन, १४ कात्तिक– तुइन खोलामा पहिरो झरेका कारण अवरुद्ध मुग्लिन–नारायणगढ खण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरलका अनुसार ढुंगा झर्न थालेपछि सडक सुचारु भएको हो । अविरल वर्षासँगै शुक्रबार बिहानदेखि तुइन खोलामा ढुंगा खस्न थालेको थियो । ढुंगा खस्न छाडे पनि सचेत भएर...

काठमाण्डूका अतिक्रमित जग्गा र संरचना सात दिनभित्र खाली गर्न निर्देशन

२०८२ कार्तिक १४ गते ९:१०

काठमाण्डू, १४ कात्तिक–काठमाण्डू महानगरपालिका र काठमाण्डू उपत्यका विकास प्राधिकरणले महानगर क्षेत्रभित्रका सार्वजनिक जग्गा तथा मापदण्डविपरीत बनेका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएका छन् । महानगर र प्राधिकरणद्वारा शुक्रबार जारी संयुक्त सूचनामा महानगरपालिकाभित्र र सिमाना जोडिएका काठमाण्डू जिल्लाभित्र रहेका सार्वजनिक स्थानमा भएका अतिक्रमित संरचना तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us