समाचार

झापामा ओली, विश्वप्रकाश र लिङदेनले चुनाव हार्ने, दुर्गा प्रसाईंले जित्ने प्रधानमन्त्री कार्कीको दाबी

२०८२ कार्तिक १४ गते २२:१७

काठमाण्डू, १४ कात्तिक–प्रधानमन्त्री सुशीला कार्कीले झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चुनाव जित्न सक्ने आँकलन गरेकी छन् । शुक्रबार सम्पादकहरुसँगको कुराकानीमा उनले पुराना दलका नेताको शक्ति र लोकप्रियता खस्किएको र प्रसाईंको बढेको उनले बताइन् । विद्यार्थी पढाउनेसहित सामाजिक काममा सक्रिय रहेका कारण प्रसाईंले लोकप्रियता बढाएको...

बालेनबारे प्रधानमन्त्री कार्कीको टिप्पणीः आफ्नो कुरा मात्र भन्छ, अरुको कुरा सुन्दैन

२०८२ कार्तिक १४ गते २२:०२

sushकाठमाण्डू, १४ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बारे रोचक टिप्पणी गरेकी छन् । उनले आफू र बालेनबीच ५ ६ पटक भेटघाट भएको बताइन् । प्रधानमन्त्री नियुक्त भएपछि पनि दुईपटक बालेन र आफ्नो भेटघाट भएको उनले सुनाइन् । टेलिफोनमा भने...

प्रचण्डलाई नेतृत्व छाड्नुस् भनेको छु, म पनि छाड्छुः माधव नेपाल

२०८२ कार्तिक १४ गते २१:४१

काठमाण्डू, १४ कात्तिक–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकतापछि प्रचण्ड र आफूले मुख्य नेतृत्व छाड्ने बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा समापन मन्तव्य राख्ने क्रममा नेपालले प्रचण्डले ३५ वर्ष नेतृत्व गरेको र आफू पनि लामो समय नेतृत्वमा रहेको भन्दै दोश्रो पुस्तालाई...

झलनाथ समूहलाई ओलीको अपिलः देशमा महाविनाश निम्त्याइएका बेला आफ्नै घर फर्कनुस्

२०८२ कार्तिक १४ गते २१:१२

काठमाण्डू, १४ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीको असन्तुष्ट समूहलाई एमालेमै फर्कन अपिल गरेका छन् । शुक्रबार सम्पन्न समाजवादीको केन्द्रीय समितिले माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलहरुसँग एकता गर्ने निर्णय गरेलगत्तै ओलीले सामाजिक सञ्जालमार्फत त्यस्तो अपिल गरेका हुन् । एकता गर्ने निर्णयमा...

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

२०८२ कार्तिक १४ गते २०:५८

काठमाण्डू, १४ कात्तिक –नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले शुक्रबार माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलसँग एकताको निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले माओवादी केन्द्र र महिन्द्रराय यादव...

विप्लवबाट अलग भएका चिरन पुनले फेसबुकमा लेखेः ‘छिट्टै हाम्रो भेट हुने अपेक्षा छ

२०८२ कार्तिक १४ गते १८:४१

काठमाण्डू, १४ कात्तिक– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट अगल भएका नेता चिरण पुनले कम्युनिष्ट एकताका लागि आफूहरुले विद्रोह गरेको बताएका छन् । बहुमत केन्द्रीय सदस्यहरुको नेतृत्व गर्दै पार्टीबाट अलग भएका पुनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले कम्युनिष्ट क्रान्तिकारीबीच एकता अनिवार्य आवश्यकता भएको बताए ।...

यही महिनाभित्र माओवादीसँग पार्टी एकता हुन्छः खतिवडा

२०८२ कार्तिक १४ गते १८:२९

काठमाण्डू, १४ कात्तिक– नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले कात्तिक महिनाभित्रै माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् । जारी केन्द्रीय समिति बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यही महिनाभित्र एकता घोषणा हुने बताए । उनले शुक्रबार नै पार्टी एकताबारे घोषणा हुने उनको...

संवैधानिक आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः घिसिङ

२०८२ कार्तिक १४ गते १८:०८

ललितपुर, १४ कात्तिक– ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आदिवासी जनजाति आयोगद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यसअघि कार्यान्वयन नभएका सिफारिस पनि अहिलेको सरकारले कार्यान्वयन गर्ने बताए । यसअघि ९०...

एमालेलाई बाहिर राखेर माओवादी र समाजवादी मिल्नुको अर्थ छैन, हामी एकतामा सहभागी हुँदैनौंः झाँक्री

२०८२ कार्तिक १४ गते १७:५६

काठमाण्डू, १४ कात्तिक– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो पक्ष माओवादी केन्द्रसँगको एकतामा सामेल नहुने बताएकी छन् । पार्टी केन्द्रीय समिति बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादीसँगको एकतामा आफूहरु अलग रहने बताइन् । उनले माओवादीमा जान चाहनेहरुलाई आफूहरुले नरोक्ने उलेख गरिन्...

माओवादीसँगको एकतामा हामी सामेल हुँदेनौंः झाँक्री

२०८२ कार्तिक १४ गते १७:४९

काठमाण्डू, १४ कात्तिक– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो पक्ष माओवादी केन्द्रसँगको एकतामा सामेल नहुने बताएकी छन् । पार्टी केन्द्रीय समिति बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादीसँगको एकतामा आफूहरु अलग रहने बताइन् । उनले माओवादीमा जान चाहनेहरुलाई आफूहरुले नरोक्ने उलेख गरिन्...

विप्लवको पार्टीका बहुमत सदस्यद्वारा विद्रोह, माओवादी केन्द्रसँग एकता गर्ने निर्णय

२०८२ कार्तिक १४ गते १७:३६

काठमाण्डू, १४ कात्तिक– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन उन्मुख भएको छ । विप्लवले एमालेसँग एकताको हात बढाएपछि असन्तुष्ट नेताहरुले चिरन पुनको नेतृत्वमा अलग हुने तयारी गरेका हुन् । पुनले १ सय ४५ सदस्यीय केन्द्रीय समितिमा ७५ जनाको आफूलाई साथ रहेको दाबी गरे ।...

फागुनमा चुनाव नभए देश अँध्यारो सुरुङमा जान्छः भट्टराई

२०८२ कार्तिक १४ गते १७:२७

काठमाण्डू, १४ कात्तिक– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचन नभए मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा शुक्रबार आयोजित ‘वृहत् राजनीतिक संवाद’ मा वक्ता रहेका उनले हालको नागरिक सरकारको नेतृत्वमा चुनावमा जानुको विकल्प नरहेको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us