समाचार

१९ दिनदेखि बेपत्ता युवकको शव भेटियो

२०८२ कार्तिक १५ गते ९:३६

हुम्ला, १५ कात्तिक- हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन् । एघार दिनदेखि बेपत्ता भएका पर्वसिंह शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पर्वसिंह यही कात्तिक ३ गते बिहान घरबाट...

आज हरिबोधिनी एकादशी, तुललसीको विवाह गरिँदै

२०८२ कार्तिक १५ गते ९:३२

काठमाण्डू, १५ कात्तिक- वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी  मनाउन लागिएको हो । असार शुक्ल एकादशी अर्थात्...

वर्षाका कारण धान भित्र्याउन किसानलाई समस्या

२०८२ कार्तिक १५ गते ९:२६

म्याग्दी, १५ कात्तिक- खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन् । दसैं तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरिले प्रभावित बनाएको हो ।  म्याग्दीका खेतमा धान र बारीमा कोदो पाकेर भित्र्याउने...

बेनी–दरवाङ सडक अवरूद्ध

२०८२ कार्तिक १५ गते ९:२३

म्याग्दी, १५ कात्तिक- म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरूद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने) मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धौलागिरि गाउँपालिका बिहीबारदेखि सदरमुकाम बेनी बजारसँग...

केपी ओलीले घर फर्कन गरेको आग्रहलाई सकारात्मक मानेको छुः झलनाथ

२०८२ कार्तिक १४ गते २२:४०

काठमाण्डू, १४ कात्तिक–नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ दल खोल्ने वा एमालेमा फर्कने भन्नेबारे शनिबार निर्णयमा पुग्ने बताएका छन् । एकीकृत समाजवादीले माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहका दलसँग एकता गर्ने निर्णय गरेकामा असन्तुष्ट खनालले आफूलाई साथ दिएका नेताहरुसँको छलफलपछि निस्कर्षमा पुग्ने उल्लेख...

दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीको चेतावनीः हतियार लिएर अराजक कुरा गर्दै हिंडे फौजदारी अपराध लगाइन्छ

२०८२ कार्तिक १४ गते २२:२८

काठमाण्डू, १४ कात्तिक–प्रधानमन्त्री सुशीला कार्कीले झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समाजमा अराजकता नफैलाउन चेतावनी दिएकी छन् । शुक्रबार सञ्चार माध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले अराजक कुरा गर्दै नहिंड्न प्रसाईंलाई चेतावनी दिइन् । आन्दोलनको त्रास सिर्जना नगरी चुनावमा जितेर आउन उनले प्रसाईंलाई सुझाइन् । ‘आन्दोलन गर्छु...

झापामा ओली, विश्वप्रकाश र लिङदेनले चुनाव हार्ने, दुर्गा प्रसाईंले जित्ने प्रधानमन्त्री कार्कीको दाबी

२०८२ कार्तिक १४ गते २२:१७

काठमाण्डू, १४ कात्तिक–प्रधानमन्त्री सुशीला कार्कीले झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चुनाव जित्न सक्ने आँकलन गरेकी छन् । शुक्रबार सम्पादकहरुसँगको कुराकानीमा उनले पुराना दलका नेताको शक्ति र लोकप्रियता खस्किएको र प्रसाईंको बढेको उनले बताइन् । विद्यार्थी पढाउनेसहित सामाजिक काममा सक्रिय रहेका कारण प्रसाईंले लोकप्रियता बढाएको...

बालेनबारे प्रधानमन्त्री कार्कीको टिप्पणीः आफ्नो कुरा मात्र भन्छ, अरुको कुरा सुन्दैन

२०८२ कार्तिक १४ गते २२:०२

sushकाठमाण्डू, १४ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बारे रोचक टिप्पणी गरेकी छन् । उनले आफू र बालेनबीच ५ ६ पटक भेटघाट भएको बताइन् । प्रधानमन्त्री नियुक्त भएपछि पनि दुईपटक बालेन र आफ्नो भेटघाट भएको उनले सुनाइन् । टेलिफोनमा भने...

प्रचण्डलाई नेतृत्व छाड्नुस् भनेको छु, म पनि छाड्छुः माधव नेपाल

२०८२ कार्तिक १४ गते २१:४१

काठमाण्डू, १४ कात्तिक–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकतापछि प्रचण्ड र आफूले मुख्य नेतृत्व छाड्ने बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा समापन मन्तव्य राख्ने क्रममा नेपालले प्रचण्डले ३५ वर्ष नेतृत्व गरेको र आफू पनि लामो समय नेतृत्वमा रहेको भन्दै दोश्रो पुस्तालाई...

झलनाथ समूहलाई ओलीको अपिलः देशमा महाविनाश निम्त्याइएका बेला आफ्नै घर फर्कनुस्

२०८२ कार्तिक १४ गते २१:१२

काठमाण्डू, १४ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीको असन्तुष्ट समूहलाई एमालेमै फर्कन अपिल गरेका छन् । शुक्रबार सम्पन्न समाजवादीको केन्द्रीय समितिले माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलहरुसँग एकता गर्ने निर्णय गरेलगत्तै ओलीले सामाजिक सञ्जालमार्फत त्यस्तो अपिल गरेका हुन् । एकता गर्ने निर्णयमा...

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

२०८२ कार्तिक १४ गते २०:५८

काठमाण्डू, १४ कात्तिक –नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले शुक्रबार माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलसँग एकताको निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले माओवादी केन्द्र र महिन्द्रराय यादव...

विप्लवबाट अलग भएका चिरन पुनले फेसबुकमा लेखेः ‘छिट्टै हाम्रो भेट हुने अपेक्षा छ

२०८२ कार्तिक १४ गते १८:४१

काठमाण्डू, १४ कात्तिक– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट अगल भएका नेता चिरण पुनले कम्युनिष्ट एकताका लागि आफूहरुले विद्रोह गरेको बताएका छन् । बहुमत केन्द्रीय सदस्यहरुको नेतृत्व गर्दै पार्टीबाट अलग भएका पुनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले कम्युनिष्ट क्रान्तिकारीबीच एकता अनिवार्य आवश्यकता भएको बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us