कालिगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए

काठमाण्डु टुडे २०८३ असार ६ गते १६:०३ मा प्रकाशित

काठमाण्डू, ६ असार– पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन ।

बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै डुबेर बेपत्ता भएका १४ वर्षीय शिशिर गाहाको शव शुक्रबार नै फेला परिसकेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us