काठमाण्डू, १४ कात्तिक– २४ भदौको जेन–जी आन्दोलनका क्रममा लुटिएको सुरक्षाकर्मीको हतियार बिक्री भएको खुलासा भएको छ । प्रहरीको हतियार लुटेर बिक्री गर्नेहरु पक्राउ गरेसँगै यो खुलासा भएको हो । प्रहरीको पेस्तोल लुटेर बेच्ने ५ जनालाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका...
काठमाण्डू, १४ कात्तिक– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादी केन्द्रसँग छिट्टै एकता हुने बताएका छन् । जारी केन्द्रीय समिति बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले पार्टी एकताको विकल्प नरहेको बताए । सम्मानित नेता झलनाथ खनाल पक्षका नेता एकताको विपक्षमा बोले पनि बैठकले एकताको पक्षमा...
काठमाण्डू, १४ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धी संस्थागत गर्दा यसअघिका आन्दोलनका उपलब्धी चलाउन नहुने बताएका छन् । पार्टीद्वारा शुक्रबार राजधानीमा आयोजित ‘वृहत् राजनीतिक संवाद’ मा बोल्दै वाग्लेले नयाँ उपलब्धीसँगै पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरूलाई पनि जोगाउन जरुरी रहेको...
oliकाठमाण्डू, १४ कात्तिक– तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई उपत्यकाबाहिर जान रोक लगाउने सरकारी कदमविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले शुक्रबार अन्तरिम दिन अस्वीकार गरेको हो । अदालतले...
मुस्ताङ, १४ कात्तिक– उपल्लो मुस्ताङका विभिन्न स्थानमा हिमपात भएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार अहिले सामान्य हिमपात भइरहेको छ । मुक्तिनाथ क्षेत्रमा अहिले वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । यस्तै घरपझोङ र थासाङ गाउँपालिकामा पनि...
मुस्ताङ, १४ कात्तिक- वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्याएको क्षति...
काठमाण्डू, १४ कात्तिक– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिने वातावरण नभए देशमा चुनाव हुनै नसक्ने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा शुक्रबार राजधानीमा आयोजित ‘वृहत् राजनीतिक संवाद’ वक्ता रहेका चौधरीले थारु समुदायका नेतालाई बाइपास गरेर चुनाव हुन...
काठमाण्डू, १४ कात्तिक– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी विवादका कारण स्थगित भएको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रय कार्यालय सानेपामा बस्ने तय भएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको नेताहरुले बताएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक...
काठमाण्डू, १४ कात्तिक– अध्यागमन विभागले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गर्दै अघिल्लो ६ बुँदे व्यवस्था खारेज गरेको छ । मन्त्रिपरिषद्को १३ कात्तिकको निर्णयअनुसार शुक्रबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा आएको विभागले जनाएको छ । १० माघ २०८० देखि लागू गरिएको ६ बुँदे मापदण्ड उच्चस्तरीय अध्ययन तथा...
काठमाण्डू, १४ कात्तिक– बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेश,...
काठमाण्डू, १४ कात्तिक– काठमाण्डू महानगरपालिकाले काठमाण्डूको थापाथलीमा अनधिकृत रुपमा हडपिएका संरचना डोजर लगाएर भत्काएको छ । यसअघि २०७९ मंसिरमा महानगरले डोजर लगाए पनि सुकुम्बासीहरुको प्रतिकारका कारण नगर प्रहरी पछि हटेको थियो । यसअघि शुक्रबार मात्र महानगर र नगर विकास समितिले संयुक्त सूचना जारी गर्दै...
काठमाण्डू, १४ कात्तिक– मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा...