काठमाण्डू, ७ असार– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक आज अर्थात (७ असार) मा एउटै मञ्चमा देखिँदै छन् ।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनमा उनीहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन । यसअघि रास्वपा महाधिवेशनमा कांग्रेसबाट उपसभापति पुष्पा भुसाललाई सहभागी गराउने निर्णय गरेका सभापति थापाले आज बिहान मात्रै अचानक निर्णय परिवर्तन गर्दै उनी आफैँ चितवन आएका हुन् ।
रास्वपा महाधिवेशनका लागि रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन र कांग्रेस सभापति थापा आज बिहान मात्रै चितवन आइपुगेका हुन् भने रास्वपा सभापति लामिछाने शनिबारदेखि नै उता छन्। प्रधानमन्त्री बालेनले साथमा पत्नी र छोरी पनि ल्याएका छन् ।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित रास्वपाको महाधिवेशन प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने आज दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहको छ ।