काठमाण्डू, ७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आरामको लागि होटलमा गएका छन् ।
बालेन सम्मेलनमा सहभागी हुन आइतबार बिहान ११ बजेतिर भरतपुर विमानस्थल पुगेका थिए । प्रधानमन्त्री बालेन कार्यक्रमस्थलमा पुगेर केहीबेरअघि आरामको लागि शक्तिखोरस्थित एक होटलमा गएका हुन् ।
अब उनी दिउँसो २ बजे मात्रै उद्घाटन सत्रमा सहभागी हुन महाधिवेशन स्थल पुग्ने एक नेताले जानकारी दिएका छन । प्रधानमन्त्री बालेन साथमा पत्नी र छोरी पनि लिएर रास्वपा महाधिवेशन स्थलमा पुगेका छन ।
भरतपुरमा हुने रास्वपाको प्रथम महाधिवेशन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । रास्वपा महाधिवेशनको उद्घाटन समारोह चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिएको छ।