काठमाण्डू, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् ।
उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् । उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए ।
रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।