माओवादी फुट्न सक्छ, म फुटाउनेहरुको सम्पर्कमा छुः भुसाल

काठमाण्डु टुडे २०८२ कार्तिक १३ गते १४:२१ मा प्रकाशित

काठमाण्डू, १३ कात्तिक- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्र फुट्न सक्ने बताएका छन् ।

बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा भुसालले पार्टी फुटाउन प्रयास गरिरहेका नेताहरु आफ्नो सम्पर्कमा रहेको बताए । आफ्नो पार्टीसँगको एकता प्रक्रियाबारे माओवादीभित्र विवाद रहेको र असन्तुष्ट समूहले पार्टी फुटाउन सक्ने उनको भनाइ थियो ।

उनले अवसरका लागि भौतारिँदा भौतारिँदै माओवादी खिइँदै गएको र अहिलेको अवस्थामा समेत सो पार्टी नरहने देखिएकाले एकताको निर्णयमा पुग्नुअघि त्यसबारे सचेत रहनुपर्ने औंल्याए ।

आफू बामपन्थी आन्दोलन एकताबद्ध हुनुपर्ने पक्षमा रहे पनि नेता मात्रको एकतालmेपरिणाम दिन नसक्ने तर्क भुसालले गरे ।

भागबण्डामा आधारित एमाले र माओवादीबीचको एकता टुटेको सन्दर्भ उल्लेख गर्दै उनले यसपटक पनि भागबण्डाका आधारमा मात्र एकता गर्न खोजिएकाले दिगो हुनेमा आफूलाई शंका लागेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us