विद्युत प्राधिकरणको विरोधमा भाषण गर्दा गर्दै एमाले नेता गौतमको निधन

काठमाण्डु टुडे २०८२ कार्तिक १३ गते १४:११ मा प्रकाशित

बुटवल,  १३ कात्तिक- एमाले केन्द्रीय सदस्य एवं पार्टी सम्वद्ध मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि भाषण गर्दै गर्दा अचेत भएका गौतमलाई उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने उद्योगमा विद्युत कटौती गरेको विरोधमा आयोजित कार्यक्रममा गौतम बोलिरहेका थिए । उनलाई हृदयघात भएको अस्पतालले जनाएको छ ।

प्राधिकरणले ट्रंक लाइनको महसुल नतिरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगी र मजदुर संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us