बुटवल , १४ वैशाख – काठमाण्डुबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ५१८७ नम्बरको बस कपिलवस्तुको चप्परगाउँमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । गियर बक्स बिग्रिएपछि बस अनियन्त्रित भई राजमार्गबाट करिब ५० फिट दक्षिण पल्टिएको प्रहरीले जनाएको छ । ४५ यात्रु सवार रहेकोमा १४...
सर्लाही, १४ वैशाख – सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान जन्ती आएका मानिस र स्थानीयबीच झडप हुँदा तीन जना घाइते भएका छन् । झडपमा जन्तीपत्तीका महोत्तरीको रामगोपालपुर नगरपालिका–९ निवासी ३२ वर्षीय देवेन्द्र अधिकारी, ५८ वर्षीय राजकिशोर साह र ३२ वर्षीय अरुणकुमार साह घाइते भएका हुन्...
जनकपुरधाम, १४ वैशाख – गृहमन्त्री रामबहादुर थापा (बादलले) मुलुकको राष्ट्रिय अखण्डता र शान्ति सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । प्रदेश–२ को जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले देश विखण्डनमा लागेका तथा अराजक गतिविधि एवं अपराधमा लागेकालाई नियन्त्रण गरी सरकारले देशको राष्ट्रिय...
काठमाण्डु, १४ वैशाख – सभामुख कृष्णबहादुर महराले केही अनलाइनहरुले आफूविरुद्ध निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको कुकृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सभामुखको तर्फबाट प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको खण्डनमा त्यस्ता समाचारप्रति कडा आपत्ति जनाउँदै कानुनी उपचारको बाटो...
बेइजिङ, १४ वैशाख – चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आएका विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा...
काठमाण्डु, १४ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखा आज अपराह्नपछि मौसम बदली हुने जनाएको छ । महाशाखाकाअनुसार दिउँसो या अपराह्नपछि विशेष गरी पूर्वी तथा मध्य क्षेत्र र पश्चिमको पहाडी क्षेत्रको मौसम बदली भई वर्षा हुने देखिएको छ । यस्तै राति देशको पूर्वी भूभाग...
सप्तरी, १४ वैशाख – सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–९, स्थित सडक खण्डमा ट्रकलाई ठक्कर दिएर चिया पसलभित्र बस पस्दा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । बसको ठक्करबाट...
बझाङ, १४ वैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहमा आवद्ध व्यक्तिल समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेका छन् । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आवद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका...
डडेलधुरा, १४ वैशाख – अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट...
वालिङ, १४ वैशाख – जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाको नाममा पुतलीबजार नगरपालिका–३ आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न...
हुम्ला, १४ वैशाख – हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण एक सातामै आठ जनाको मृत्यु भएको छ । टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउनेजस्ता रोगले एकै गाउँपालिकाका ८ जनाको मृत्यु भएको हो भने १२ जना विरामी छन् । पहिचान नखुलेको रोगका कारण...
काठमाण्डु, १३ बैशाख – देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ । नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ । त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन् । श्रमबजारमा उपलब्धमध्ये ७१ लाखले मात्र रोजगारी पाएका छन् भने बाँकी...