सभामुखको सचिवालयको चेतावनी– भ्रम फैलाउनेविरुद्ध कानुनी उपचार खोजिन्छ

काठमाण्डु टुडे २०७६ वैशाख १४ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, १४ वैशाख – सभामुख कृष्णबहादुर महराले केही अनलाइनहरुले आफूविरुद्ध निकै भ्रामक, कपोलकल्पित र छुद्र आरोप लगाई भ्रम फैलाउन गरेको कुकृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सभामुखको तर्फबाट प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको खण्डनमा त्यस्ता समाचारप्रति कडा आपत्ति जनाउँदै कानुनी उपचारको बाटो खोजिने चेतावनी दिइएको छ ।

चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन नसक्ने बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता नै गर्ने भए पत्रकारिताको न्यूनतम मूल्यमान्यताको पालना गर्न सम्बन्धित अनलाइन सञ्चालकहरुलाई आग्रह गर्दै पटक–पटक सुनियोजित ढंगले सभामुखज्यूमाथि गरिएको हमलाको उचित कानूनी उपचारको बाटो खोजिने पनि अवगत गराउँछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us