
काठमाण्डु, १४ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखा आज अपराह्नपछि मौसम बदली हुने जनाएको छ ।
महाशाखाकाअनुसार दिउँसो या अपराह्नपछि विशेष गरी पूर्वी तथा मध्य क्षेत्र र पश्चिमको पहाडी क्षेत्रको मौसम बदली भई वर्षा हुने देखिएको छ ।
यस्तै राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।
यस्ताे छ तीन दिनकाे माैसमी अनुमान
बैशाख १४ गते (शनिबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।
राति:देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बैशाख १५ गते (आइतबार):
दिउँसोः देशको पूर्वी भु-भाग तथा मध्य पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडि भु-भागका १-२ स्थानहरुमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ |
बैशाख १६ गते (सोमबार):
दिउँसोः देशको पूर्वी भु-भाग तथा मध्य पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।
राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।