
बुटवल , १४ वैशाख – काठमाण्डुबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ५१८७ नम्बरको बस कपिलवस्तुको चप्परगाउँमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
गियर बक्स बिग्रिएपछि बस अनियन्त्रित भई राजमार्गबाट करिब ५० फिट दक्षिण पल्टिएको प्रहरीले जनाएको छ ।
४५ यात्रु सवार रहेकोमा १४ जना घाइते भएको र घाइतेको तत्काल उद्दार गरी सामुदायिक अस्पताल ४ नम्बर जीतपुरमा पुर्याई अहिले उपचार भईरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी सहायक निरीक्षक शेर सिंह धामीले जानकारी दिए ।