
बझाङ, १४ वैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित समूहमा आवद्ध व्यक्तिल समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आवद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउँदले बताए ।
दुर्गाथली गाउँपालिका–७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लव समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धता पत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेका छन् ।
प्रहरीमा निवेदन पेश गरेपछि उनीहरूको नाम अभिलेखबाट हटाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए । प्रहरीले जिल्लाका समूहमा आवद्ध हुनेमाथि निगरानी बढाएको छ ।
पछिल्लो समयमा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए ।