काठमाण्डु, २० वैशाख – पर्यटन विभागले सगरमाथा आरोहणमा गएका आरोहीको अवस्था सामान्य रहेको जनाएको छ । विभागले आधार शिविर २ र ३ मा रहेका करिब २० टेन्ट हावाले उडाएको खबर आएको जनाउँदै कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेको छ । भारतमा आएको फानी...
काठमाण्डु, २० वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पहिलो...
दाङ, २० वैशाख – घोराहीमा रहेको कारागारमा कैदी बन्दीबीच ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा चोट लागेको । कुटाकुटका क्रममा एकजनाको हात भाँचिएको कारागार शाखाले जनाएको छ । शुक्रबार दिउँसो २ बजेतिर झडप भएको थियो । घाइते...
काभ्रे, २० वैशाख – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रेसलाई खतरा रहेको बताएका छन् । प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनमा नेता कोइरालाले प्रेसमाथि अधिनायकवादको खतरा बढ्दै गएको बताउँदै प्रेस स्वतन्त्रतामाथि विश्वभर खतरा रहेको...
हेटौंडा, २० वैशाख – चट्याङ लागेर शुक्रबार कमकवानपुरमा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । भारतबाट आएको शक्तिशाली चक्रवात फानी को प्रभाव नेपालमा देखिएको छ । चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–५ देउरालीकी २७ वर्षीय फूलमाया पाख्रिनको मृत्यु भएको मकवानपुर...
विराटनगर, २० वैशाख – संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्तिबाहेक अन्य पार्टीसँग एकता हुने हल्लामात्र भएको बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सहित अन्य चार पार्टीसँग एकता हुने भन्ने हल्ला मात्र भएको उनले बताए । विराटनगरमा शुक्रबार पत्रकारहरुसँग कुरा...
काठमाण्डु, २० वैशाख – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको अवस्था कम्पनी र क्लबको भन्दा दयनीय भएको बताएका छन् । काठमाण्डुमा पत्रकारहरुसँगको एक अन्तरक्रियामा बोल्दै नेता भुसालले सिद्धान्त र व्यवहारबीच पार्टीमा इतिहासमै धेरै विरोधाभाष देखिएको बताए । ‘नेकपा क्लब भन्दा कमजोर...
काठमाण्डु, २० बैशाख – सरकारले शान्ति सुरक्षाको अवस्था राम्रो रहेको दाबी गरिरँदा काठमाण्डुमा दिउँसै लुटपाटका घटना बढेका छन् । बिहीबार दिउँसो स्वयम्भू ठूलो भर्याङमा एक युवकको १५ लाख रुपैयाँ लुटिएको छ । बानेश्वर शान्तिनगरमा आरजु ज्वेलर्स संचालन गर्ने खोटाङ दिक्तेलका ४० वर्षीय मनकुमार विक...
काठमाण्डु, २० बैशाख – सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाखभित्र सम्बोधन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो यही वैशाख महिनाभित्र सम्बोधन गर्ने तयारीका साथ काम भैरहेको बताएका हुन् । शुक्रबार...
काठमाण्डु, २० बैशाख – प्रहरीको ट्राफिक प्रहरी महाशाखाले आज सरकारको नीति तथा कार्यक्रम ल्याउने क्रममा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अति विशिष्ट र विशिष्ट व्यक्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा जाने कार्यक्रम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ...
काठमाण्डु, २० बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन् । दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र...
नवलपरासी, २० बैशाख – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ मा चट्याङ लागेर दुईजना घाइते भएका छन् । बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर वडा नम्बर ६ की वडा सदस्यसमेत रहेकी सहिदुन निशा र उनका छोरा भुलई अन्सारी घाइते भएका हुन् । घाइतेमध्ये सहिदुन निशाको अवस्था गम्भीर...