काठमाण्डू, ९ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुस्ता गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का उपसभापति गुप्तसेन ठकुरी (मनोज) ले रास्वपा छाडेका छन । पार्टीको भनाइ र गराइमा फरक पारदर्शिता नदेखिएको र अवसरवादीको चुंगुलमा पार्टी फस्दै गएको भन्दै उनले शनिबार पार्टी...
काठमाण्डू, ९ फागुन– एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचन भाँड्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी लागिरहेको दाबी गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले यस्तो आरोप लगाएका हुन् । आफ्नो पक्षमा चुनाव नआउने भएपछि रास्वपाले यस्तो...
काठमाण्डू, ९ फागुन– रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–६ सवगढाबाट शुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने...
काठमाण्डू, ९ फागुन– कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने दाबी गरेका छन । सर्लाहीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै कांग्रेस सभापति...
काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् । आज (शनिबार) झापाको भद्रपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष...
काठमाण्डू, ९ फागुन– सुनसरीको भोक्राहा नरसिङ गाउपालिका ४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्धारा लाठीचार्ज भएको छ । सुनसरी–४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका थिए । बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवाहरूसँग जम्काभेटपछि...
काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएकोप्रति आपत्ति व्यक्त गरेका छन । आज (शनिबार) झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले साधारण तारेख तोकिनु व्यवहारिक...
काठमाण्डू, ९ फागुन– जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु लगाएको छ । जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत–जावत गर्न,...
काठमाण्डू, ९ फागुन– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताएका छन । यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको समेत बताएका छन । आज (शनिबार) बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उनले...
काठमाण्डू, ९ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले राष्ट्रिय स्वतन्त्री पार्टी (रास्वापा) परित्याग गरेका छन । आगामी २१ फागुनमा हुने आम निर्वाचनमा नवलपरासी-१ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय...
काठमाण्डू, ९ फागुन– सप्तरी–२ अन्तर्गत रहेका महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा एमालेको चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक निर्वाचन प्रहरी पक्राउ परेका छन । पक्राउ पर्नेमा महादेव गाउँपालिका वडानम्बर–५ कै २५ वर्षीय हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन...
काठमाण्डू, ९ फागुन– दाङमा एमालेको झण्डा जलाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का थप दुई कार्यकर्ता पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम...