ओली–लेखकको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाण्डु टुडे २०८२ चैत २२ गते १७:५० मा प्रकाशित

काठमाण्डू, २२ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

आज आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । आज सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।

उनीहरू दुवै जना चैत १४ गते पक्राउ परेका थिए । ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us